मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सवारी ज्यान मुद्दाका फरार आरोपी १५ वर्षपछि पक्राउ

बुधबार, १७ मङ्सिर २०७७, १५ : ०६
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । पूर्व–पश्चिम राजमार्गस्थित सुनसरीको साविक मधेशा गाविस–४ मा ०६२ मंसिरमा सवारी दुर्घटना भयो । दुईवटा बस आपसमा ठोक्किँदा सुनसरी ईनरुवा–३ घर भएकी १८ वर्षीया लक्ष्मी श्रेष्ठको ज्यान गयो । कस्तुरी उच्च माध्यमिक विद्यालय ईटहरीका विद्यार्थी बोकेको को.२ ख ६० नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ना.२ ख ९१५९ नम्बरको मकालु बस आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनापछि भागेका कस्तुरी उच्च माध्यमिक विद्यालयका बस चालक ३३ वर्षीय बलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्रेको छ । ग्रामथान गाउँपालिका–२ घर भएका सरदारलाई विराटनगरबाट पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले रातोपाटीलाई बताए ।

सरदारले हाँकेको गाडीको ठक्करबाट गम्भिर घाइते भएकी लक्ष्मीको उपचारका क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा निधन भएको थियो । १५ वर्षपछि पक्राउ गरिएका सवारी ज्यान मुद्दाका आरोपीलाई जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप