
एभरेष्ट बैंद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ ।
यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदुषण नियन्त्रण गर्न मद्दत गर्नेछ ।
सो शवदाह गृहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको उपस्थितीमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जि।के। नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकाललाई हस्तान्तरण भयो ।
एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ