शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई प्रहरीको हत्यामा संलग्न ८ जना पुर्पक्षका लागि कारागार चलान

बुधबार, १७ मङ्सिर २०७७, १३ : ५६
बुधबार, १७ मङ्सिर २०७७

कैलाली । गत कार्तिक पहिलो साता अस्थायी प्रहरी पोष्ट जुगेडाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संग्लग्न ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्यामा संग्लग्न ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।

पुर्पक्षका लागि कारागार चलान गरिएकामध्ये राम निवास राना, राजकुमार राना, रामगोपाल राना, सुरेस राना, राजेन्द्र राना, रोहित राना, बलराम राना र अर्का रोहित रना रहेको उनले बताए । यही कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला प्रहरी पोष्टका ईन्चार्ज विक र प्रहरी जवान साउद बेपत्ता भएका थिए । ड्युटीका क्रममा दशगजा क्षेत्र पुगेका बेला विकलाई दशगजामै घाँटी रेटेर हत्या गरेको अवस्थामा मोहोना नदीमा शव फेला परेको थियो भने प्रहरी जवानको शव मोहोना नदीको किनारमा गाडिएको अवस्थामा फेला परेको थियो ।

सो घटनामा संग्लग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका धनगढीका मटर ब्यापारी राजीव गुप्ता भने १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप