बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जब सनी देओलले समाते अनिल कपुरको घाँटी

बुधबार, १७ मङ्सिर २०७७, १३ : २६
बुधबार, १७ मङ्सिर २०७७

कोरोना प्रकोपकै बीच सर्वसाधारण झैं बलिउड सेलिब्रिटी पनि बिस्तारै–बिस्तारै आफ्नो काममा फर्किरहेका छन् । यस्तै सेलिब्रिटीसँग सम्बन्धित थुपैै कहानी, किस्सा, थ्रोब्याक फोटो र भिडियो पनि भाइरल भइरहेको छ । सेलिब्रिटी पनि सोसल मिडियामा सक्रिय छन् र प्रशंसकसँग आफ्ना साना–ठूला कुराहरु सेयर गरिरहेका छन् ।

यसैबीच सनी देओल र अनिल कपुरसँग जोडिएको एउटा किस्सा सोसल मिडियामा भाइरस भइरहेको छ । यो किस्सा दुबैबीच भएको ठाकठुकसँग सम्बन्धित छ । फिल्ममा सँगै काम गरिसकेका सनी देओल र अनिल कपुरबीच एउटा ठूलो झगडा भएको थियो ।

सन् १९८९ मा रिलिज भएको ‘जोशीले’ मा सनी र अनिलले सँगै काम गरेका थिए । यो फिल्मलाई सिब्ते हसन रिजवीले निर्देशन गरेका थिए । भारतीय सञ्चार माध्यम पिंकभिल्लाका अनुसार यो फिल्मको क्रेडिटमा अनिलको नाम सनीभन्दा अगाडि राख्दा उनको इगो हर्ट भएको थियो । उनी यसका  लागि रिसाएका थिए र उनको रिस मिडियासम्म पुगेको थियो । यद्यपि, मामिला जसोतसो शान्त भयो ।

यसैबीच दुबै नायकले अर्को एउटा फिल्म साइन गरे । फिल्मको नाम हो, राम अवतार । उक्त फिल्ममा अनिल, सनी र श्रीदेवी थिए । स्रोतका अनुसार सनीले सुटिङमा समेत अनिललाई हेर्दै हेरेनन्, वास्तै गरेनन् ।

यो फिल्ममा दुई हिरोबीच एउटा फाइट सीन थियो । यसमा सनीले अनिलको घाँटी समात्नुपर्ने थियो । स्रोतले दाबी गरेअनुसार सुटिङको क्रममा सनीलाई पुरानो कुरा याद आयो र उनको पारा चढ्यो । रिसमा सनीले अनिलको घाँटी साँच्चै नै समाते र दबाउन थाले । अनिलले सास फर्ने सकेनन् ।

निर्देशक सुनिल हिंगोरानीले कट भन्दासमेत सनीले अनिललाई छोडेनन् । यसो हुँदा निर्देशक पनि डराए र अनिललाई बचाउनका लागि क्रुका सदस्य नै आउनुपरेको थियो । यो घटनामा अनिल असाध्यै डराएका थिए । यसबारे उनले मिडियासँग पनि कुराकानी गरेका थिए । उनले सनीको विषयमा निराशा जताएका थिए । यद्यपि, घटनाको थुप्रै वर्ष बितिसकेको छ तर आज पनि यी दुई कलाकारबीच मनमुटावको स्थिती छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप