बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेपत्ता व्यक्ति छानबिन आयोगको टोली बझाङमा

बुधबार, १७ मङ्सिर २०७७, १३ : २६
बुधबार, १७ मङ्सिर २०७७

बझाङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट बेपत्ता पारिएका परिवारसँग भेटघाट गरेको छ । 

द्वन्द्वका बेला यहाँबाट बेपत्ता भएका वा बेपत्ता पारिएका २० जनाको नाम र ठेगाना आयोगले सार्वजनिक गरेपछि पीडित परिवारले उनीहरुको छिटोछरितो खोजी तथा छानबिनका लागि आयोगसँग अनुरोध गरेका छन् ।  सो अवसरमा आयोगका अध्यक्ष सुवेदीले देशभर ७७ जिल्लामध्ये ७५ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत बेपत्ताको छानबिनका लागि उजुरी दर्ता भएको र आयोगले क्षेत्र, जिल्ला एंव स्थानीय तहसमेत छुट्याइसकेको बताए । उनले पीडितलाई राहत दिने र पीडित पहिचानमा राज्यले ढिलाइ गरेकोमा क्षमासमेत मागे ।

अध्यक्ष सुवेदीले भने, “अब स्थानीय सरकारलाई बेपत्ता व्यक्तिको विवरण पठाउँछौँ । बेपत्ता व्यक्ति घर परिवारको सम्पर्कमा आए नआएको विवरण लिएर स्थानीय तहले आयोगमा पठाइ सहयोग गर्नुपर्छ ।”  पछिल्लो समय धेरैजसोले सूचना नपाएर उजुरी गर्न नसकेकालाई आवश्यक कागजात तथा प्रमाण लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप