मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चोरी र ठगीका ३ जना फरार प्रतिवादी पक्राउ

बुधबार, १७ मङ्सिर २०७७, १३ : २२
बुधबार, १७ मङ्सिर २०७७

चोरी र ठगीमा संलग्न ३ जना फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ घाँसचोक बस्ने ठगी मुद्दामा फरार सकिल खान,  विराटनगर महानगर–१ घर भएका  लाले राय सहनी र दिपेश राय सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

सकिल खान

जिल्ला अदालत मोरङले ०७५ कार्तिकमा सकिललाई ठगी मुद्दामा १५ दिन कैद र ७५ हजार जरिवाना हुने फैसला गरेको थियो । नकवजनी चोरी मुद्दामा लाले राय सहनी र दिपेशलाई १ महिना १५ दिन कैद र १६ हजार ४ सय जरिवाना हुने फैसा गरेको छ । ०७३ असारको सो फैसलापछि उनीहरु दुवैजना फरार थिए ।

कैद भुक्तानका लागी उनीहरुलाई अदालतबाट अनुमति लिएर कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप