शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अबको यात्रा पुँजीवाद कि समृद्ध समाजवाद ?

बुधबार, १७ मङ्सिर २०७७, १३ : २४
बुधबार, १७ मङ्सिर २०७७

कुनै पनि सामाजिक, राजनीतिक विषय वा अन्य घटना, परिघटनाको जानकारी लिने र उपलब्ध जानकारीको आधारमा वस्तुपरक विश्लेषण गरेर तार्किक निष्कर्षमा पुग्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ । ‘कम्युनिस्ट’ ल्याटिन भाषाको शब्द हो । यसको अर्थ हुन्छ– सामूहिक । तर अहिले त्यही ल्याटिन शब्दबाट बनेको नेपाल ‘कम्युनिस्ट’ पार्टीमा नयाँ बहस चलेको छ । यो बहसलाई बुझ्ने, सञ्चालन गर्ने मामिलामा अर्थको अनर्थ लागेन, बहस भड्किएन, भ्रमको तुवाँलोले मानसपटल छोपिएन, कम्युनिस्ट पार्टी विभाजनको भड्खालोमा जाकिएन, नेतृत्व विचलनको कोपभाजनमा परेन र नेताहरु बीच चलेको वाक युद्घ हिंस्रक युद्घमा विस्फोट भएन भने यो खुला बहस हाम्रो देशको भाग्य र भविष्यको निम्ति मात्रै होइन, समग्र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि पनि अत्यन्तै चासोको विषय भएको छ ।

 नेपाली राजनीतिमा मात्र होइन विश्व राजनीतिमा नै नयाँ सन्देश दिने दूरगामी महत्त्वको यो बहस तार्किक निष्कर्षमा पुग्छ कि विभाजन र विचलनको मूल कारण बन्छ ? यो अत्यन्तै संवेदनशील राजनीतिक प्रश्न हो । 

विभिन्न सूचना, समाचार, फोटा एवं चित्रहरु, निर्णय, सर्कुलर, निर्देशिका, राजनीतिक प्रतिवेदन, विधान, घोषणापत्र, नीति र कार्यक्रम, नेताहरुका गोप्य भेटघाट÷आन्तरिक छलफल तथा लिखित÷मौखिक अभिव्यक्ति र फरक विचारलाई आधार मानेर विभिन्न रूपमा नेकपा पार्टीभित्र चलिरहेको अन्तरसङ्घर्ष र खुलै रूपमा मुखरित भएको राजनीतिक वैचारिक सङ्घर्षको विश्लेषण गर्दा कम्युनिस्ट पार्टीले हल गर्नुपर्ने ठूल्ठूला समस्या, सामना गर्नु पर्ने ठूल्ठूला चुनौतीहरु र पूरा गर्नुपर्ने महान कार्य भुसुक्कै भुलेर, आफ्नो जिम्मेवारीबाट पन्छिएर वा पार्टीका नीति र निर्णय बेवास्ता गरेर ‘जो चोर उसैको ठूलो स्वर’ भन्ने लोककथन विशेषतः प्रधानमन्त्री र कार्यकारी अध्यक्ष लगायत मुख्य नेताहरुको बोली व्यवहारमै मुखरित भएको पाइन्छ ।  

उनीहरुले जनसमक्ष माफी माग्नु पर्छ । जनताको जनादेश र पार्टीको नीति शिरोधार्य गरेर सङ्घीय लोकतान्त्रिक गणएकले अर्काको मानमर्दन गर्ने, हुर्मत काड्ने, खोइरो खन्ने खालको जुन अनुत्तरदायी चरित्र र छुद्र अभिव्यक्ति यत्रतत्र छचल्किएको छ यो सबभन्दा लज्जस्पद कुरा हो । प्रधानमन्त्री र कार्यकारी अध्यक्ष लगायतका मुख्य नेताहरुले जस्तोसुकै राजनीतिक तर्क गरेर लाज छोप्न खोजे पनि यो क्षम्य छैन । तन्त्रको जगमा समृद्घ नेपाल र समाजवादको आधार निर्माण गर्न निःसर्त एकजुट भएर अघि बढनुपर्छ । 

नेकपामा एकले अर्काको मानमर्दन गर्ने, हुर्मत काड्ने, खोइरो खन्ने खालको जुन अनुत्तरदायी चरित्र र छुद्र अभिव्यक्ति यत्रतत्र छचल्किएको छ यो सबभन्दा लज्जस्पद कुरा हो । प्रधानमन्त्री र कार्यकारी अध्यक्ष लगायतका मुख्य नेताहरुले जस्तोसुकै राजनीतिक तर्क गरेर लाज छोप्न खोजे पनि यो क्षम्य छैन । 


समाजको ऐतिहासिक विकासक्रम एउटा सीधा रेखाका रूपमा नभएर चक्रीय रूपमा बक्ररेखामा फैलिँदै एउटा जङ्गली, असभ्य र अविकसित बिन्दुबाट क्रमशः विकसित हुँदै सभ्य, सुसंस्कृत, विकसित र उन्नत अवस्थामा प्रवेश गर्दै छ । 

प्रगति, विकास र समृद्घि विश्वको कुनै एउटा भूभागमा मात्र सीमित नभएर त्यसले विश्वलाई नै ओगट्ने छ र त्यो विश्वव्यापी बन्ने छ, संसारका सबै देशका निवासीहरु त्यसबाट प्रभावित हुनेछन्् । यसै आदर्शबाट उत्प्रेरित भएर कम्युनिस्टहरुले संसार बदल्ने बाटो रोजेका हुन् । समाज विकासको ऐतिहासिक विकासक्रमलाई हेर्दा आदिम साम्यवाददेखि दास प्रथा, सामान्तवाद, पुँजीवाद, समाजवाद, साम्यवादसम्म होसियारीपूर्वक निरन्तर अध्ययन, अनुसन्धान, वर्णन, विश्लेषण र सश्लेषण गर्ने काम निकै जटिल, संवेदनशील, चुनौतीपूर्ण र सम्भावनाले भरिपूर्ण हुन्छ ।

 यसबाट राजनीतिक चिन्तकहरु, नेताहरु अलग्गिन सकिँदैन । एक्काइसौँ शताब्दीको बिहानीमा विश्वलाई नै आकर्षित गरिरहेको नेपाली कम्युनिस्ट आन्दोलन र त्यसले सृष्टि गरेको नयाँ स्थितिलाई हेर्दा नेपाली क्रान्ति क्रमिक विकास, संयोग र आकस्मिकताको बेजोड सङ्गम बनेको छ । सात दल र नेकपा (माओवादी) को बाह्र बुँदे सहमति, जनयुद्घ, जनआन्दोलन, युद्घ विराम, शान्ति वार्ता, बृहत् शान्ति सम्झौता, शान्ति प्रक्रिया, संविधान सभाद्वारा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, संविधान निर्माण, सङ्घ, प्रदेश र स्थानीय तहमा सरकार गठन र नयाँ राष्ट्रिय शक्तिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उदय एउटा जीवन्त दस्तावेज बनेको छ । 

परापूर्वकालदेखि चल्दै आएको राजतन्त्रात्मक व्यवस्था र २००७ सालदेखि कायम रहेको लामो सङ्क्रमणकाल अन्त्य गरेर नेपाल नयाँ युगमा प्रवेश गरेको छ । नेपाली राजनीति नयाँ दिशातर्फ मोडिएको छ । यस्तो बेलामा नेपालमा सामन्ती व्यवस्था अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन सँगसँगै जीर्ण अवस्थाबाट गुज्रिरहेको नोकरशाही पुँजीवादी व्यवस्था विस्थापन गरेर नेपालको संविधानमा लेखिएको समाजवादी व्यवस्था स्थापना गर्नु कम्युनिस्टहरुको ऐतिहासिक जिम्मेवारी हो ।

 निरङ्कुशतन्त्र हटाएर लोकतन्त्र, राजतन्त्र मिल्काएर गणतन्त्र, एकात्मक राज्यको पुनर्संरचना गरेर सङ्घीय राज्य प्रणाली स्थापना सँगसँगै अब नेपालमा पुँजीवादी क्रान्ति गर्ने कि समाजवादी क्रान्ति ? यो नै अहिलेको मुख्य राजनीतिक बहसको विषय बनेको बेलामा राज्य सञ्चालन गर्ने वैधानिक अधिकार पाएका, पार्टीको नेतृत्व गर्ने जिम्मेवारी बोकेका मुख्य नेताहरुको एकपछि अर्को गल्ती गर्ने, कम्युनिस्ट पार्टीको नीति र आदर्श विपरीत जथाभावी बोल्ने, जे मन लाग्यो त्यही गर्ने, सत्ता र शक्तिको दुरूपयोग गर्ने कुनै अधिकार छैन । 

सत्ता भनेको केवल नेताहरुको क्रीडास्थल मात्र होइन, देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता एवं जनताको सर्वोपरि हक, हित, सुख, सुविधा र मान–सम्मान लागि सुव्यवस्था मिलाउने एक मात्र साधन हो । यो कुरालाई तिलाञ्जली दिएर सत्तालाई राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मच्चाउने लुटतन्त्र जस्तै, अस्थिरता, अराजकता र वैनश्यता मच्चाउने मनपरीतन्त्र जस्तै, निरास, कुण्ठा र पलायनको खेती गर्ने झुटतन्त्र जस्तै बनाउने र यथास्थितिमै गोलचक्कर लगाएर प्रतिक्रान्तिको सेवा गर्ने  मनोवृत्ति अहिले निकै हावी भएको छ । 

यो खतराको घण्टी हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि जनयुद्घ, जनआन्दोलमा होमिएका विद्रोहीहरु, आन्दोलनकारीहरु दिग्भ्रमित बनेर रद्दीको टोकरीमा मिल्किएको त्यो क्रुर पश्चगामी पुनरुत्थानवादी तत्त्व फेरि सलबलाएको परिदृश्य टुलुटुलु हेर्ने रमिते बन्नु अशुभ सङ्केत हो । यति नै बेला एकातिर मार्क्सवादलाई विज्ञान भन्ने तर त्यसमा परिवर्तन गर्न पाइँदैन, कत्ति पनि तलमाथि गर्न मिल्दैन भन्ने अनौठो विरोधाभास कम्युनिस्टहरुमा मौलाएको पाइन्छ भने अर्कोतिर पुँजीवादी सत्ता र साम्राज्यवादी शक्तिले मार्क्सवाद मरिसक्यो, समाजवाद गलत सावित भइसक्यो, कम्युनिस्ट व्यवस्था एकादेशको कथा बनिसक्यो र सत्तामा पुगेका नेपालका कम्युनिस्टहरुले आफ्नो चिहान आफै खन्दैछन्, आफ्नो अस्तित्त्व जोगाउन नसकेर पूर्वी युरोपमा झैँ सत्तामा पुगेका नेपालका कम्युनिस्टहरु अन्तरद्वन्द्वमा फसेर स्वयं आत्महत्या गर्दैछन् भन्ने भ्रम फैलाएको छ । यो कम्युनिस्टहरु माथिको सबभन्दा भिषण वैचारिक राजनीतिक हमला हो । 

यो कुरामा झण्डै सत्तरी पटक विभाजित बनेका र अहिले दर्जनभन्दा बढी समूहमा सङ्गठित बनेका, सडक, सदन र सरकार आदि मोर्चामा पुगेका नेपालका सम्पूर्ण कम्युनिस्ट र त्यसमा पनि अझ अहिले चुनाव जितेर सत्तामा पुगेका कम्युनिस्ट गम्भीर बन्नुपर्छ । सबै कम्युनिस्ट नेताहरुले सबभन्दा पहिला आफ्ना कमीकमजोरी, लापरबाही र गैरजिम्मेवार क्रियाकलाप आफै सच्याएर अघि बढ्ने आँट गर्नु पर्छ । आफ्ना असन्तुष्टि, असमजारी र मतभेद थाँती राखेरै   अहिलेको आत्मगत, वस्तुगत स्थिति बुझेर युगको माग, देशको आवश्यकता र जनताको चाहानाअनुसार नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अघि बढाउनु पर्छ । आफ्नो नेतृत्त्वमा कम्युनिस्ट पार्टी खोलेर केवल नेता बन्नका लागि राजनीति गर्न खोज्ने, झुट र भ्रमको खेती गरेर राज्यको उच्च तहमा पुग्ने तर इतिहासले सुम्पेको युगान्तकारी जिम्मेवारीबाट विच्किएर समृद्घ समाजवादका आधार निर्माण गर्न एवं देश र जनताको हितमा एउटा पनि महान कार्य गर्न नसक्ने असक्षम र नालायक नेताहरुको अब कामै छैन । यो कुरामा सिद्घान्तनिष्ठ र इमानदार नेताहरु, जुझारु र मेहनती कार्यकर्ता, राजनीतिक स्थायित्व, सुशासन, अमनचैन, न्याय, सुख, शान्ति र समृद्घिमा रमाउन चाहाने जनसमुदायहरु पूर्ण रूपमा सजग हुनुपर्छ ।        

हो, इतिहासको पुनरावृत्ति हुँदैन, विकास हुन्छ । समाजको ऐतिहासिक विकासक्रम सीधा र सरल हुँदैन, बाङ्गोटिङ्गो र जटिल प्रक्रियाबाट नयाँ चरणमा फड्को मार्छ । देश र दुनियाँ बदल्ने क्रान्तिमा मार्क्सवादी सिद्घान्त जस्ताको तस्तै लागू हुन्छ भन्ने छैन । मार्क्सवाद विज्ञानहरुको पनि विज्ञान हो । ठोस परिस्थितिको ठोस विश्लेषण मार्क्सवादको आत्म हो भने ठोस परिस्थितिको ठोस निर्णय गरेर अघि बढ्नु लेनिनवादको आत्म हो । एक्काइसौँ शताब्दीमा यसको सिर्जनात्मक प्रयोग र विकास गर्न नेपालका कम्युनिस्ट चुक्नु हुँदैन, निपूर्ण हुनु पर्छ । 

कुनै पनि नौलो कुरा, नवीन कुरा, महान कुरा अत्यन्त कठिन र चर्को सङ्घर्षको भट्टीबाट खारिएर मात्र निस्कन्छ । क्रान्ति, प्रतिक्रान्ति र निरन्तर क्रान्तिको ऐतिहासिक विकास प्रक्रियाबाट वैज्ञानिक समाजवाद विकसित हुन्छ र त्यसको परीक्षण समय र परिस्थितिअनुसार लाखौँ करोडौँ जनसमुदायको दैनिक जीवनमा लागू हुँदै जान्छ । त्यसलाई ठीक बेठीक, उचित अनुचित छुट्याउने सार्वभौम अधिकार जनताको हातमा हुन्छ ।  एक्काइसौँ शताब्दीको विज्ञान, प्रविधि र आधुनिक सूचना तथा सञ्चार प्रणालीको विकासले गर्दा पहिलेदेखि अनुसरण गरिएका, पुरानै ढाँचामा अपनाइएका राजनीतिक चिन्तन, पद्घति, प्रणाली र कार्यशैलीमा पनि युग सुहाउँदो गुणात्मक परिवर्तन र विकास आवश्यक छ । नवीन सोच, नवीन भौतिक आधार, नवीन सामाजिक र सांस्कृतिक सम्बन्ध एवं नवीन तौरतरिका, नवीन विधि पद्घति र नवीन नैतिकता बिना मैत्रीपूर्ण र समृद्घ समाजवाद सम्भव छैन । परिवर्तन र विकासको पनि नियम हुन्छ, यो कुरा आत्मसात गरेका नेता, कार्यकर्ता र जनसमुदायको सपना, कल्पना, विचार, नीति, योजना र लक्ष्य जुन दिन एउटै हुन्छ, त्यही दिन समृद्घि र समाजवादको नयाँ ढोका खुल्छ । यसबारेमा एक्काइसौँ शताब्दीका जल्दाबल्दा अग्रगामी राजनीतिक शक्ति, उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घिको शिखर चढ्न आतुर राजनीतिक नेताहरु नयाँ शिराबाट अघि बढ्नुपर्छ । समृद्घ समाजवाद हाम्रै पालामा सम्भव छ, पाँच वर्षमा नयाँ नेपालको स्वरूप भल्किने, दस वर्षमा तीव्र विकास र समृद्घिको आधार निर्माण हुने, पन्ध्र वर्षमा एसियाकै उन्नत देश, पच्चीस वर्षमा विश्वकै विकसित देशको शिखर चढ्ने आकाङ्क्षा पूरा गर्न असम्भव छैन । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटको यो कथन आत्मसात गरेर सम्पूर्ण पौरखी नेपाली एकजुट भएर अघि बढे समृद्घ समाजवाद हाम्रै पालामा सम्भव छ । अहिले मुलुकले यसै महान कार्यमा केन्द्रित नीति र त्यसलाई युद्घस्तरमा नयाँ ढङ्गले लागू गर्ने सबल नेतृत्व खोजेको छ ।        

आधुनिक नेपालको ऐतिहासिक घटनाक्रमलाई हेर्दा नेपालको राजनीति एउटै बाटोमा एउटै गतिमा सीधा अघि बढेको छैन । नेपालका शाहकालीन पहिलो राजा पृथ्वीनारायण शाह र नवौँ राजा महेन्द्र शाहबाहेक २४० वर्ष चलेको राजतन्त्रात्मक व्यवस्थामा अन्य ९ जना राजाहरु जीवनभरि राजगद्दीमा विराजमान हुन पाएनन् । त्यसैगरी १०४ वर्षे राणाकालमा जङ्गबहादुर राणा र चन्द्र समशेर राणाबाहेक अन्य ६ जना राणाहरुले बाँचुन्जेल राज्यसत्तामा आधिपत्य जमाउन सकेनन् । ३० वर्ष कायम रहेको पञ्चायती व्यवस्था, त्यसपछिको बहुदलीय व्यवस्था र अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रधानमन्त्रीले सिंहदरबारमा पाँच वर्ष बिताउन पाएका छैनन् र नेपालको इतिहासमा सबभन्दा शक्तिशाली मानिएका हालका प्रधानमन्त्रीको पनि ३ वर्ष नपुग्दै कुर्ची हल्लिएको छ ।

बहुदल आउँदाको लगतै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाहरुबीच राजनीतिक हुलहुज्जत मच्चिएकै कारण नेपाली काँग्रेस तहसनहस बनेको, दासढुङ्गामा रहस्मय जिप दुर्घटनामा परेर जननेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएपछि माधव नेपाल, सीपी मैनाली, झलनाथ खनाल, खड्गप्रसाद ओली, वामदेव गौतमहरुको कलह चर्किएर  नेकपा (एमाले) चकनाचुर भएको, राजा वीरेन्द्र शाहको वंश विनास गर्ने रहस्मय दरबार हत्याकाण्डसँगै वीरेन्द्रका एक मात्र जीवित माइला भाइ ज्ञानेन्द्र शाह राजा बनेपछि राजतन्त्र नै पतनको चिहानमा धकेलिएको, पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द ‘विप्लव’हरु १० वर्ष जनयुद्घ लडेर जङ्गलबाट राजधानी भित्रिए लगत्तै आन्तरिक कलहमा फसेपछि नेकपा (माओवादी) दिनानुदिन भष्मखरानी हुँदै गएको र नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले पार्टी एकता गरेको तीन वर्ष नपुग्दै केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलहरुको बीचमा चलेको खिचातानी र तँछाड मछाड पर्दाफास भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चरम सङ्कटमा धकेलिएको घटना, परिघटना र दुर्घटनाका ऐतिहासिक शृङ्खला नियाल्दा नेपालको राजनीतिक क्षितिजमा फेरि कालो तुवाँलो मडारिन थालेको देखिन्छ ।

अहिले सत्तामा पुगेका नेताहरु राजनीतिक ब्वाँसा जस्ता, प्रतिपक्षमा रहेका नेताहरु पशुपतिका बाँदर जस्ता, नेताहरुलाई सत्तामा पुर्याउने जनता राजनीतिक भेडाबाख्रा जस्ता भनेर चिया गफमा कटाक्ष गर्न थालिएको छ । यो राजनीतिक अस्थिरता र राजनीतिक नेतृत्वको अक्षमता झल्किने ज्वलन्त उदाहरण हो । एउटा कटु सत्य इतिहासको सिरानी हालेर मात्र कुनै पनि संस्था, पार्टी वा आन्दोलन बाँच्न सक्दैन । तर इतिहासको राम्रो जानकारी बिना भविष्यको खाका कोर्न मात्रै होइन, वर्तमानलाई व्यवस्थित रूपले सञ्चालन गर्न सकिँदैन । एक पटक नेता भएपछि आजीवन नेतृत्वमा रहिरहने अहिलेको राजनीतिक नेतृत्वले यो कुरा भुल्यो भने त्यो ऐतिहासिक भूल ठहरिने छ । यसबारेमा विरोध, आलोचना, टीकाटिप्पणी र प्रतिक्रिया व्यक्त गर्न सबैलाई छुट छ, यो नै लोकतन्त्रको वास्तविक प्राण हो । 

खुला सडकमा, विभिन्न मञ्चमा यो गर्छु, त्यो गर्छु भनेर बाह्र हात उफ्रिने नेपालका अधिकांश नेताहरु सत्तामा पुगेपछि जनताद्वारा असक्षम, मूर्ख र पागल घोषित भएका छन् । देशमा ब्रह्मलुट मच्चाउन पल्केका मतिभ्रष्ट, पथभ्रष्ट, चरित्र भ्रष्टहरुलाई प्रयोग गरेकै कारण राज्यको उच्च तहमा पुुगेका प्रायः सबै मानिस निकाम्प सावित भएका छन् । नेपालको इतिहासमा यो कुरा लज्जस्पद दृष्टन्ता बनेको छ । लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका प्रतिगामी, पश्चगामी शक्तिले अहिले पनि हरेक पार्टीभित्र कलहको विज रोपेर, देशमा वितण्डा मच्चाएर, नेपाललाई सधैँ आफ्नो क्रीडास्थल बनाउन पल्केका विदेशी शक्तिहरुसँग भित्रभित्रै हारगुहार मागेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र विस्थापित गरी राजतन्त्र पुनस्र्थापना गर्ने षड्यन्त्रका तानबाना बुन्दै छन् । विभिन्न दुलाबाट टाउको निकालेर कुन भकारी छिटो फोर्न सकिन्छ, त्यो हेर्दै छन् । यो प्रतिगमको अशुभ सङ्केत हो । आजका राजनीतिक पार्टीहरुले देश र जनताकै निम्ति सक्रिय भएको दाबी गरे पनि आधारभूत वर्ग, लिङ्ग, जाति, समुदाय, सम्प्रदाय, समुदाय, जनमानस र समग्र भूगोलबाट निकै टाढा हुँँदै गएका छन् र राजनीतिक नेताहरु समाज सेवा, जनसेवा, राष्ट्र सेवा, विश्व सेवामा भन्दा पनि आफ्नै स्वार्थमा केन्द्रीत भएको जनताले अनुभूति गरेका छन् । राजनीतिक पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानिय तहसम्म मुल नेतृŒवको चिन्तन, कार्यविधि र कार्यशैली नितान्त अपारदर्शी, अनुत्तरदायी र जनद्रोही देखिएको छ । बिना आग्रह÷पूर्वाग्रह खुला मूल्याङ्कन गर्ने हो भने जुन पार्टीको आन्तरिक जीवन स्वस्थ छैन, त्यो पार्टीले आधारभूत वर्ग र जनसमुदायको प्रतिनिधित्व गरेर देशको बागडोर समाल्न सक्दैन ।

नेकपा चरम सङ्कटमा धकेलिएको घटना, परिघटना र दुर्घटनाका ऐतिहासिक शृङ्खला नियाल्दा नेपालको राजनीतिक क्षितिजमा फेरि कालो तुवाँलो मडारिन थालेको देखिन्छ ।

अहिले नेपालमा क्रियाशील पार्टीहरु मध्ये सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी आन्तरिक कचिङ्गलमा फसेको छ, देश समाल्ने ऐतिहासिक जिम्मेवारी पाएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीको नेतृत्व गर्ने सुनौलो अवसर पाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीनिक कुस्ती खेलेर, मुख्य नेताहरुका चुले, ढोके र झोलेहरुले ताली पिटेर दुनियाँ हँसाइरहेका छन् । प्र्रतिपक्ष नेपाली काँग्रेस सत्ता बाहिर रहनु पर्दा मुर्छित बनेको छ, त्यो पार्टीका मुख्य नेताहरु पनि आन्तरिक  कलहमै रुमलिएका छन् । सधैँ सत्ताको वरिपरि घुम्ने समाजवादी पार्टी सडकमा भौंतारिएको छ, विभिन्न पार्टीबाट बाहिरिएर त्यहाँ मिस्सिएका नेताहरु त्यसैमा तिनछक्क परेका छन् । अन्य साना पार्टीहरु आफ्नो अस्तित्व रक्षामा केन्द्रीत छन्, ती पार्टीका नेताहरु पनि घर न गोठका जस्तै बनेका छन् र राजतन्त्रको मृत्यु भएपछि  किरिया बसेका पूर्व पञ्चहरु त्यसलाई फेरि बिउताउन सकिन्छ कि भनेर बरबराउन थालेका छन् । जुन कोणबाट मूल्याङ्कन गर्दा पनि यो नेपाली राजनीतिमा मौलाएको विकृति, विसंगति र विचलनको पराकाष्ठ हो ।

आलोचनात्मक दृष्टिकोणले नेपाली राजनीतिको सिंहालोकन गर्ने हो भने आजको दुनियाँमा जनताको जनजीवन नछुने सतही राजनीति, जनताको मन नछुने कला बिहिन रुखो संस्कृति, युगले मागेको, देशले खोजेको र जनताले रोजेको कुरा सम्बोधन नगर्ने खोक्रो राजनीतिक पार्टी र लोकतन्त्रको नामा जनताको हूर्मत काडने, राष्ट्रियताको नाममा देशको धज्जी उडाउने मूर्ख राजनीज्ञिहरुको रतिभर काम छैन । राज्य सञ्चालन गर्ने राजनीति सबभन्दा लोकतान्त्रिक तथा वैज्ञानिक  नीति÷विधि÷पद्घति हो । तर यसलाई पुरानै अर्थमा बुझ्ने, सत्ता र शक्तिको दुरूपयोग गरेर पुरानै ढर्राको संसदीय खेल खेल्ने र राजनीतिलाई फोहोरी खेल सावित गर्न बाह्र सताइसका तानाबाना बुन्ने छुट कसैलाई छैन । यो कठोर सत्य स्वीकार गरेर नसच्चिने, नसुध्रिने, नबदलिने हो भने नेपाल फेरि सतीले सरापेको देश ठहरिने छ । 

सीधा कुरा नेपालको आकृति अग्लो छ, भूबनोट राम्रो छ । तर राजनीतिक स्थिति भने होचो छ, नेताहरुको दैनिक क्रियाकलाप नराम्रो छ । नेपालको प्राकृति र संस्कृति मौलिक छ । तर नेपालको राष्ट्रि«य अर्थतन्त्र भने अत्यन्त कमजोर छ, राजनीतिक नेतृत्वको भूमिका ज्यादै विवादस्पद छ, त्यसैमा राज्य सत्ता र नेताहरुको शक्ति दुरूपयोग गर्ने भुसतिग्रेहरुको चुरीफुरी निकै हाबी भएको छ । यो अहिलेको खुला चुनौती हो । 

यसलाई टाढैबाट टुलुटुलु हेर्ने मुखदर्शक बन्न अब कोही पनि सकिँदैन, धैर्यताको पनि सीमा हुन्छ, धैर्यताको बाँध फुटयो भने नेपालमा फेरि उलटपुलट मच्चिन्छ, यो राजनीतिक आन्दोलनले दिएको शिक्षा हो । हो, जसले इतिहासबाट सिक्दैन, उसले वर्तमानलाई सच्याउन, सुधार गर्न वा बदल्न सक्दैन । भविष्यको बारेमा त झन त्यसले सोच्नै सक्दैन । सत्ताको लगाम मूर्खको हातमा पुग्यो भने देशै बर्बाद हुन्छ । नेपालले पटकपटक बेहोरेको यो ऐतिहासिक सच्चाई कुनै पनि नेपालीले कहिनै विर्सनु हुँदैन ।

राजतन्त्र नढल्दासम्म मध्यरातमा पश्चिम ढोकाबाट नारायणहिटी राजदरबारभित्र छिर्ने, दिल्ली दरबार धाउने, प्रभुको पाउमा त्वंमशरण गर्ने वा युद्धकालमा रातारात जङ्गलमा पुग्ने, अहिले शान्तिकालमा सिंहदरबारमै रमाउन खोज्ने वा कहिलेकाँही सडकमै उभिएर विद्रोहको उत्घोष गर्ने नेताहरुले अहिले बुझ्न जरुरी के छ भने यो देशले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक जगमा समृद्घ समाजवाद निर्माण गर्ने दूरगामी नयाँ सोच, नयाँ नीति र प्रचुर इच्छा शक्ति भएको नयाँ नेतृत्व खोजीको छ । यदि अहिलेको जटिल अवस्थादेखि हामी नेपालीहरु डरायौँ भने स्थिति झन जटिल बन्दै जाने छ । यदि हामी यो जटिल स्थितिसँग डराएनौ बरु एकजुट भएर अघि बढ्यौँ भने यो जटिल स्थिति झन् छिटो सुगम बन्दै जाने छ । यो कुरा नलेख्नु भन्दा लेख्नु राम्रो भएकाले यसपटक मैले अबको हाम्रो यात्राः समृद्घ समाजवाद लेखेको छु, केही मान्छेले अरु वादको खोजी गरे पनि यथार्थमा समृद्घ समाजवाद नै अबको हाम्रो साझा यात्रा हो ।  

(लेखक नेकपाका केन्द्रीय सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण केसी
कृष्ण केसी
लेखकबाट थप