बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँड

बुधबार, १७ मङ्सिर २०७७, १३ : ०५
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आइपिओ बाँडफाँट गरेको छ । आइपिओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज माउन्टेनको आइपिओ बाँडफाँड गरेको हो । गत कात्तिक २६ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा ६ लाख ५३ हजार २९१ आवेदकले निवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ७१६ जनाको आवेदन रद्द भई ६ लाख ५१ हजार ५७५  जनाले सहभागिता जनाएका थिए ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट एक लाख ८३ हजार २६ जनाले शेयर पाएको नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले जानकारी दिए । उनका अनुसार सहभागीमध्ये पाँच जनाले ११ तथा बाँकीले १० कित्ता शेयर पाएका छन् । शेयर आवेदन गर्दा २० कित्ताभन्दा बढी आवेदन दिनेलाई दोस्रो गोलाप्रथामार्फत पाँच जनाले थप एक कित्ता शेयर पाएका हुन्  ।  

कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो जसमा ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारी तथा ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी  १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप