शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिंक कम्यूनिकेशन अन्तर्राष्ट्रिय “मेरिट पुरस्कार“बाट सम्मानित

बुधबार, १७ मङ्सिर २०७७, १२ : ५७
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । वर्ल्डलिंक कम्यूनिकेशन्स “मेरिट पुरस्कार“ बाट सम्मानित भएको छ । १९ नोभेम्बरमा वर्ल्र्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजिना गरेको २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेसिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो ।

उक्त समाहरोहमा वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जित्न सफल भएको हो । हालसम्म यो पुरस्कार पाउने वर्ल्डलिंक कम्यूनिकेशन्स नेपालको पहिलो कम्पनी हो ।

सन १९७८ मा स्थापित, वर्ल्ड इन्फरमशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो । जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएका छन् । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।

विश्वव्यापी आईसीटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्ने उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेको छ ।

उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारका आयोजना गर्दै आइरहेको छ । विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो ।

२० वर्ष अगाडि, ताइपेमा आयोजित आईटी २००० विश्व कांग्रेसमा विट्साले ग्लोबल आईसीटी उद्योगको अग्रणी मान्यता प्राप्त अन्तर्राष्ट्रिय आवाजको रूपमा (अष्ट्रेलिया र न्यूजील्याण्डदेखि बंगलादेशसम्म र मलेसिया देखि दक्षिण अफ्रीका र नाइजेरिया देखि अर्जेन्टिना र क्यानडा सम्म दुनियाका ८० भन्दा बढी देशहरुका आईसिटी उद्योगलाई संसारका सबै कुना बाट सबै भन्दा प्रभावकारी र नवीन उम्मेदवारहरू चयन गर्न ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारलाई अनौंठो बनाउँछ । यहाँ रहेका उद्योगहरुको प्रभाव र नवीनताको आधारमा विज्ञहरुले उत्कृष्ट उद्योगहरुलाई उम्मेद्वारको रुपमा छनौट गर्ने गर्दछ । यसक्रममा वर्ल्डलिंक पनि छनौट भएको हो ।

“यस बर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागि आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए । २० बर्षदेखि आयोजना गर्दै आइरहेको पुरस्कार आयोजनामा यस बर्षका जति धेरै सहभागिहरूलाई समीक्षा एवं सम्मान  गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौ ।“विट्साका अध्यक्ष यभोन्ने चियुले भने ।

वर्ल्डलिंक कम्यूनिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, “डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो। हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप