मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका दुई एसपी निलम्बित

बुधबार, १७ मङ्सिर २०७७, २१ : ३०
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् ।  

एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन  गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । 

निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ । 

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा उनीहरुले प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।

बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । 

गृह मन्त्रालयले केही दिनअघि मात्र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी भरत चौधरीलाई निलम्बन गरेको थियो । 

चेन अफ कमाण्डलाई जानकारी नगराइकन ड्युटी छाडेको आरोपमा मन्त्रालयले उनलाई निलम्बन गरेको हो । अहिले मालाखोतीमा डिएसपी प्रेम बहादुर शाहीलाई खटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप