अमेरिकामा एक हप्ताभित्रै कोभिड-१९ बाट १० हजारको मृत्यु
वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोनाभाइरस संक्रमण तिब्र रुपमा फैलिएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख पुगिसकेको छ जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विश्वभर कोरोना संक्रमणबाट १४ लाख ८६ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ४ करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् । अझै पनि विश्वभर १ लाख ६ हजार व्यक्ति गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का