‘डिसेम्बर फल्स’मा आर्यनको जोडी उपासना
काठमाडौं । फिल्म ‘डिसेम्बर फल्स’ अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरीको अभिनय रहने भएको छ । केही साता अगाडि एक कार्यक्रम सहित निर्माण घोषणा भएको फिल्म अभिनेता आर्यन सिग्देलको जोडीको रुपमा उपासना भित्रिएकी हुन् ।
फिल्म घोषणा कार्यक्रममा निर्माण टीमले हिरोइनको नाम केही दिनमा टुंगो लाग्ने बताएको थियो । अहिले भने हिरोइनको रुपमा उपासनासँग सम्झौता भएको निर्माता रामप्रसाद रिजालले जानकारी दिए ।
अभिनेता अनमोलको फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी उपासनाले त्यसयता केही फिल्म अभिनय गरेकी छन् ।
फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, नरेश भट्टराई, दयाराम दाहाल लगायतको अभिनय रहनेछ ।
लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन प्रविन झा र छायाँकन रवि नाइडुले गर्नेछन् । दुवै भारतको फिल्म उद्योगमा काम गर्ने र सुटिङको तयारीका लागि केही दिनपछि नेपाल आउने छन् ।
राजकुमार भट्टसमेत निर्माता रहने फिल्मका पटकथा तथा संवाद केदार भुषालले लेखेका हुन् । फिल्म आउँदो साउन महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन