बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हट सिनमा जब अनियन्त्रित जोनले फुटाइदिएका थिए कंगनाको चुरा

बुधबार, १७ मङ्सिर २०७७, ११ : ५२
बुधबार, १७ मङ्सिर २०७७

थुपैै पटक फिल्म छायांकन गर्नेबेला कलाकार आफ्नो क्यारेक्टरमा यति डुब्छन् कि उनीहरुले आफू अभिनय गरिरहेका छन् भनेर बिर्सन्छन् । यसैलाई अभिनयको कमाल भनिन्छ । यस्तै, एउटा घटना भएको थियो फिल्म सुटआउट एट वडालाको सुटिङका बेला । यो फिल्मलाई सञ्जय गुप्ताले निर्देशन गरेका थिए । जोन अब्राहम, अनिल कपुर, कंगना रनौत, तुषार कपुर, मनोज बाजपेयी, सोनू सूद, रोनित रोय, महेश मांजरकेर, ज्याकी श्रोफजस्ता स्टार कलाकारले फिल्ममा अभिनय गरेका थिए । यतिमात्रै होइन, प्रियंका चोपडा, सनी लियोनी र सोफी चौधरीको आइटम गीत पनि फिल्ममा थियो । यद्यपि, फिल्मले केही कमाल गर्न सकेन ।

यो फिल्ममा जोन अब्राहमले मान्या सुर्वेको भूमिका निभाएका थिए जो अन्डर्वर्ल्डसँग सम्बन्धित छन् । जोन र कंगनाबीच एक अंतरंग सीन पनि फिल्मको प्रमुख आकर्षक थियो । जब यो फिल्म रिलिज हुँदै थियो तब खबर आएको थियो कि सीनको दौरान जोन यति अनियन्त्रित भएका थिए अथवा भूमिकामा यति हराएका थिए कि कंगनाको चुरा नै फुटाइदिएका थिए । यद्यपि, यो कुरा फिल्मको पब्लिसिटीका लागि गरेका थिए वा साँच्चै भनिएको थियो, यसबो थाहा भने छैन ।

बेडमा छायांकन गरिएको यो दृश्यमा जोनले कंगनाले चुरा फुटाइदिएपछि उनको हातमा घाउ लागेको थियो । फिल्मसँग सम्बन्धित स्रोतका अनुसार यो दृश्यलाई निकै सौन्दर्यपरकताका साथ सुट गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप