अन्तर बैङ्क एटीएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरिँदै

बैङ्कहरुले अन्तरबैङ्क एटीएम कारोबारमा शुल्क लिन पाउने माग राखेपछि पुन: शुल्क लिन पाउने व्यवस्थाको तयारीमा राष्ट्र बैङ्क छ । नेपाल राष्ट्र बैङ्क स्रोतका अनुसार प्रथम त्रैमासिक मौद्रिक नीति समक्षाबाट शुल्क लिन पाउने व्यवस्था गर्ने हल्ला चलेपनि त्यस्तो प्रस्ताव हालसम्म गरिएको छैन । यद्यपि, बैङ्कहरुले शुल्क लिन पाउने माग गरेपछि राष्ट्र बैङ्कले त्यसलाई ध्यान दिएको ती अधिकारी बताउँछन् ।
अहिले शुल्क लिन नपाइने भएपछि एटीएम सेवाको गुणस्तर खस्किएको, कतिपय बैङ्कहरुले एटीएममा रकम समेत हाल्न हेलचेक्र्याइँ गरिरहेको र केहीले बिग्रेको एटीएम लामो समयसम्म पनि मर्मत नगरेको गुनासो राष्ट्र बैङ्कमा पछिल्ला दिनमा धेरै आउने गरेको छ ।
चैतमा कोरोना महामारीका कारण एटीएम शुल्क लिन नपाउने व्यवस्था गरिएको थियो । पछि मौद्रिक नीति मार्फतनै एटीएम शुल्क लिन नपाउँने भनियो । भदौमा शुल्क लिन नपाउने निर्देशन राष्ट्र बैङ्कबाट जारी भयो । यसअघि एउटा बैङ्कको एटीएम अर्को बैङ्कको एटीएममा घुसाएर रकम निकाल्दा शुल्क लाग्ने गरेको थियो ।
तर, यता बैङ्करहरु केन्द्रिय बैङ्कको सो निर्देशनले एटीएम सेवाको गुणस्तर खस्किएको बताउँछन् । नेपाल राष्ट्र बैङ्क अहिले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी