शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विराट कोहलीले बनाए इतिहास, तोडे सचिन तेन्दुलकरको कीर्तिमान

बुधबार, १७ मङ्सिर २०७७, ११ : २६
बुधबार, १७ मङ्सिर २०७७

 

अस्टे«ेलियाविरुद्धको तेस्रो र अन्तिम एकदिवसीय भिडन्तमा भारतीय कप्तान विराट कोहलीले इतिहास रचेका छन् । उनी सबैभन्दा चाडों १२ हजार एकदिवसीय रन बनाउने ब्याट्सम्यान बने । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो ।

३२ वर्षीय कोहलीले २ सय ५१ औं खेलको २ सय ४२ औं इनिङ्ग्समा यो उपलब्धि हासिल गरे । जबकी, सचिनले ३ सय ९ म्याचको ३ सय इनिङग्स्मा १२ हजार रन पूरा गरेका थिए । सचिन र कोहलीबाहेक कुमार सांगाकारा, रिकी पोन्टिङ, सनथ जयसूूर्या र महेला जयवद्र्धनेले मात्रै एकदिवसीय इतिहासमा १२ हजार रन बनाएका छन् ।

एकदिवसीय खेलमा सर्वाधिक धेरै रन बनाउने कीर्तिमानबाट भने विराट अझै धेरै टाढा छन् । सचिनले आफ्नो एकदिवसीय करियरमा सर्वाधिक १८ हजार ४ सय २६ रन बटुुलेका थिए ।

भिडन्तभन्दा पहिले विराट १२ हजार रनको रेकर्डभन्दा २३ रनले टाढा थिए, तर उनले १२ ओभर १ बलमा सिन एबोटको बलिङमा सिंगल रन लिदैं यो सफलता हासिल गरे

। विराटले दोस्रो एकदिवसीय खेलमै ८९ रनको इनिङ्ग्स खेलेर लयमा फर्कने संकेत दिएका थिए ।  विराटले अहिलेसम्म एकदिवसीय खेलमा ४३ शतक र ५९ अर्ध शतक बनाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप