बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट, कतिले पाए सेयर ?

बुधबार, १७ मङ्सिर २०७७, ११ : १७
बुधबार, १७ मङ्सिर २०७७

माउण्टेन इनर्र्जीको आईपीओ आज (बुधबार) बाँडफाँट भएको छ । १ लाख ८३ हजार २६ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ५ जनालाई १ कित्ताका दरले थप गरिएको छ । कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४ सय १० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि १८ लाख ३० हजार २ सय ६५ कित्ता सेयर बिक्री खुला गरेको होे । यो आईपीओमा सर्वसाधारणले ७.६१ गुणा बढी आवेदन दिएका थिए । माउण्टेनले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३ सय ६१ कित्ता कर्मचारीलाई र ५प्रतिशत अर्थात ९८ हजार ४सय १ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आईपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको थियो । यसले औसतभन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप