बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैङ्क, ब्याजदर शुन्य प्रतिशतको नजिक पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट ५० अर्बको तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलताको अवस्था भइरहेको बेला राष्ट्र बैङ्कले निक्षेप उपकरणमार्फत् राष्ट्र बैङ्कले निक्षेप उपकरण जारी गर्दै ५० अर्ब रुपैयाँ बराबरको तरलता तान्न लागेको हो ।
यस्तो निक्षेपको ब्याजदर बोलकबोल विधिबाट तय हुनेछ । यो निक्षेपको अवधि २८ दिनको हुनेछ । यसमा वाणिज्य बैंंक, विकास बैङ्क र वित्त कम्पनीहरुले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । यस प्रकारको निक्षेपमा अवधि सकिनुअगावै भुक्तानी नहने र निक्षेप रकमलाई बैंंक तथा वित्तीय संस्थाले अनिवार्य नगद अनुपात (सीआरआर), स्थायी तरलता अनुपात (एसएलआर) लगायतमा गणना गर्न नपाइने व्यवस्था समेत गरेको छ ।
बजारमा अधिक तरलता भएपछि २८ दिने निक्षेपको ब्याजदर अहिले ०.०४ विन्दुमा झरिसकेको छ । ब्याजदर करिडोर अन्तर्गत अल्पकालीन ब्याजदरलाई कम्तीमा १ प्रतिशतभन्दा माथि राख्ने मौद्रिक नीतिको लक्ष्य पूरा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना