बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार बीमा अब अनलाइनबाटै गर्न सकिने

बुधबार, १७ मङ्सिर २०७७, ०९ : ०४
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाटै गर्न सकिने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था गरिएको हो ।

त्यस्तै, विदेश जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने रकम समेत अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसरी भुक्तानी गर्दा लागत शुल्कबाहेक अन्य कुनैपनि प्रकारको थप शुल्क व्यहोर्नु नपर्ने समेत विभागले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप