शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पैदल यात्रुमाथि कार जोतियो, ९ हप्ते बालिकासहित पाँचको मृत्यु

बुधबार, १७ मङ्सिर २०७७, ०८ : १२
बुधबार, १७ मङ्सिर २०७७

पश्चिमी जर्मनीको ट्रायर शहरको ‘फुटपाथ एरिया’ मा एक कार जोतिँदा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

५१ वर्षे स्थानीय कार चालकलाई पक्राउ गरिसकिएको छ । ती चालकले उल्लेख्य मात्रामा मदिरा सेवन गरेको बताइएको छ ।

अधिकारीले यो घटना राजनीतिक वा धार्मिक रुपमा प्रेरित भएको हो कि भन्ने आशंकामाथि काम नगरिरहेको बताएका छन् ।

शहरका मेयरले उक्त घटनालाई भयानक भनेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार निकै तीबै गतिमा हुँइकिएको एसयूभीले कति पैदल यात्रुलाई हावामा समेत फालिदिएको थियो ।

घटना स्थानीय समयानुसार दिउँसो पौने दुई बजेको हो ।

घटनामा २५, ५२ र ७३ वर्षका तीन महिलाको ज्यान गएको छ भने ती बालिकाका ४५ वर्षे बुवाको पनि मृत्यु भएको छ । उनकी श्रीमती र उनका एक वर्षका छोरा घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप