शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लाइसेन्स पाउन नेपाली फुटबल क्लब अयोग्य

बुधबार, १७ मङ्सिर २०७७, ०७ : ३२
बुधबार, १७ मङ्सिर २०७७

एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका ‘ए’ डिभिजन फुटबल क्लबहरुलाई एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य ठहर गरेको छ । एन्फाले ए भिडिजन क्लबको लाइसेन्सका लागि सिफारिस गरेका १३ वटै क्लबलाई एएफसीले अयोग्य ठहर गरेको हो । 

एन्फाले गत वर्ष लिग खेलेका सरस्वती युथ क्लबबाहेक अन्य टोलीको लाइसेन्सका लागि सिफारिस गरेको थियो । लाइसेन्सका लागि क्लबले एएफसीको मापदण्ड पुरा नगरेकाले लाइसेन्स नदिइएको हो । यससँगै सन् २०२१ मा नेपालका कुनैपनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न नपाउने खबर आज अन्नपूर्ण पोस्टमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप