शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा साइकल लेनको योजना कार्यान्वयनको बाटोमा

बुधबार, १७ मङ्सिर २०७७, ०७ : २४
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौँ उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौँ र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् ।
सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् ।

दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण भइरहेका सडकमा साइकल लेन निर्माण गर्न समेत उपत्यकाका अन्य नगरपालिकालाई आग्रह गरेका छन् ।
 काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने तयारी गरेको छ ।

हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागिएको छ । 
ललितपुर महानगरपालिकाले भने गोदावरीदेखि शिवपुरीसम्मको ४० किलोमिटरको लामो दूरीमा साइकल लेन निर्माण गर्ने प्रस्ताव अगाडि
सारेको छ । गोरखापत्रमा खबर छापिएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप