शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

बुधबार, १७ मङ्सिर २०७७, ०६ : ११
बुधबार, १७ मङ्सिर २०७७

वि.सं.२०७७ साल मंसिर १७ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–द्वितीया,२६ घडी २२ पला,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–मृगशिरा,०९ घडी ३७ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त आद्रा । योग–साध्य,१३ घडी ०४ पला,बिहान ११ बजेर ५३ मिनेट उप्रान्त शुभ । करण–गर,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त वणिज,रातको ०५ बजेर ३४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मिथुन ।  काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०८ पला । विश्व दासता उन्मुलन दिवस । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मानसम्मान तथा इज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा सावधानी अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपार्ईँसँग टाडिनेछन् । पति पत्नी बीच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानशिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगती गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।
 
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्वन्धीत व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईँदेखि टाडिन सक्छन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानीका बाटाहरु एक्कासि बन्द हुदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुनेछन् । बिवादित विषयहरुको उठान नगर्नुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिने सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरेपनि नाँफा कमाउन केहि समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेकोछ । चाहेका बस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गित संगितमा विषेश रुची बढ्नेछ भने बिद्यामा तपाईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्नी बीच बिश्वासको वातावरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी  गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मायाप्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महशुष हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदार हरुबीच भनाभन हुने योग रहेकोछ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउनेछैन । विलाशी सामान प्राप्तिको योग भएपनि तपार्ईँ आफ्नै कारणले टरेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा ध्यान जानेछ भने बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसायमा लगानी गरी प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरी समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरी विशिष्ट व्याक्ती हरुलाई बसमा पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप