बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले ब्रम्हपुत्रमा बाँध निर्माण गरेपछि भारतको काउन्टर

बुधबार, १७ मङ्सिर २०७७, ०० : ०९
बुधबार, १७ मङ्सिर २०७७

एजेन्सी । चीनले तिब्बतस्थित ब्रम्हपुत्र नदीमा बाँध बनाउने घोषणा गरेपछि भारत सतर्क भएको छ । योसँगै भारतले चीनलाई काउन्टर दिन अरुणाञ्ल प्रदेशमा ठुलो ड्याम बनाउने योजना निर्माण गरेको जनाइएको छ । यहाँ १० गिगावाटको हाइड्रोपावर स्थापना गर्ने तयारी गरिएको छ । ब्रहम्पुत्र नदी तिब्बतबाट शुरु भई भारतको अरुणाञ्चल प्रदेश हुँदै असमबाट बंगलादेशसम्म बगेको छ ।

भारतका जलशक्ति मन्त्रालयका बरिष्ठ अधिकारी टीएस मेहराले भने– ‘चिनियाँ बाँधको प्रतिकूल प्रभाव कम गर्न अरुणाञ्चल प्रदेशमा पनि ठूलो बाँध चाहिन्छ । हामीले यसका लागि सरकारका उच्च अधिकारीहरुलाई प्रस्ताव पठाइसकेका छौं । उक्त ड्याम निर्माण भएपछि भारतसँग अत्याधिक पानी भण्डार गर्ने क्षमता हुन्छ । त्यसपछि हामी चीनको कुनै पनि कार्यको उत्तर दिन सक्षम हुनेछौं ।’ 

उता, चीनले भने तिब्बतस्थित ब्रम्हापुत्र नदीमा ६० गिगावट जलविद्युच परियोजना निर्माण गर्दैछ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले एक वरिष्ठ चिनियाँ अधिकारीलाई उदृत भनेको छ– ‘चीनले तिब्बतमा ब्रम्हपुत्रबाट ६० गिगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गर्दैछ ।’ 

पावर कर्पोरेशन अफ चाइनाका अध्यक्ष यान झियोंगलाई उदृत गर्दै टाइम्सले भनेको छः ‘यो अहिलेसम्म बनेको सबैभन्दा ठूलो बाँध हुनेछ ।’ चीनले यसलाई ऐतिहासिक प्रोजेक्ट भनेको छ ।  यद्यपि, चीनले यो योजनाले भारतलाई असर नपर्ने जनाउँदै आएको छ ।  लद्दाखमा पछिल्ला धेरै महिनादेखि भारत र चीनबीच सीमा विवाद चर्किरहेको छ । दुबै देशबीच कुटनीतिक सम्बन्ध पनि बिग्रिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप