बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विधानसभा निर्वाचनलगत्तै योगी आदित्यनाथले गरे कर्मचारीहरुको व्यापक हेरफेर

मङ्गलबार, १६ मङ्सिर २०७७, २२ : ४९
मङ्गलबार, १६ मङ्सिर २०७७

एजेन्सी । उत्तर प्रदेशमा कानूनी व्यवस्थालाई सुदृढ पार्ने कोशिस गर्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा ४३ जना आइपीएस अधिकारीहरुको सरुवा गरिएको छ । जसमा २ जना एएसपीहरु पनि रहेका छन् ।

मुख्यमन्त्री योगीले उत्तर प्रदेशमा विधानसभा निर्वाचन सकिएलगत्तै ४३ जना आइपीएसहरुको सरुवा गरेका हुन् भने १६ जना एएसपी र एपीसीहरुको पनि व्यपाक रुपमा फेरबदल गरिएको छ । सन् २०१५ का ब्याचका १२ जना अधिकारीहरुलई जिल्लामा पोष्ट गरिएको छ । आज यस ब्याचका १४ आइपीएस अधिकारीहरुले मुख्यमन्त्री योगी आदित्यनाथसँग टलफल समेत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप