शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नन्दासँग विवाह गर्दै गायक रमेश प्रसाई

मङ्गलबार, १६ मङ्सिर २०७७, १९ : ५९
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।

रमेशसँग आफ्नो विवाह हुन लागेको नन्दाले बताएकी छन् । यहि २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहालबीच केही अगाडि प्रेमको चर्चा मिडियामा चलेको थियो ।

एक लोकदोहोरी कार्यक्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जोडिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप