शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिक पोखराबाट पक्राउ

मङ्गलबार, १६ मङ्सिर २०७७, १७ : ५१
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । बाल यौन दुराचारमा गरेको आरोपमा एकजना फ्रान्सेली नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखरा महानगरपालिका–१७ बिरौता पावर हाउस फुर्सेखोला बगरबाट क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई पक्रेको हो । 

मंसिर १५ मा पक्राउ गरिएका ६० वर्षीय नौगारेट अवकास प्राप्त इन्जिनियर हुन् । गैरपर्यटकीय भिसामा नेपालमा बसिरहेका नौगारेटले ३ जना नाबालकलाई यौन दुराचार गरेको ब्यूरोका प्रवक्ता (एसपी) बेल बहादुर पाण्डेले रातोपाटीलाई बताए । 
  
पोखरामा नेपाली महिलासँग बस्दै आएका फ्रान्सेलीले त्यहाँका १२ वर्षीय, ८ वर्षीय र ७ वर्षीय नाबालकलाई यौन दुराचार गरेको आरोप लागेको छ । 

फ्रान्समा सरकारी सेवाबाट अवकास पाएपछि उनी गैरपर्यटकीय भिसा लिएर केही सयमदेखि पोखरामा बस्दै आएका थिए । प्रहरीले पीडित नाबालकलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको छ । 

नौगारेट विरुद्ध बालयौन दुरुपयोग र अप्राकृतिक मैथुन गरेको कसुरमा थप अनुसन्धान गरेर कारवाही गरिने सीआईबीका एसपी पाण्डेले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप