
नेपालमा टोनी एण्ड गाइको पहिलो सलुन दरबारमार्गमा

काठमाडौं । नेपालमा टोनी एण्ड गाइको पहिलो सलुन दरबारमार्गमा संचालनमा आएको छ । दरबारमार्ग स्थित दरबार मलको तेस्रो तल्लामा संचालनमा आएको सलुनको अभिनेत्री प्रियंका कार्कीले उद्घाटन गरेकी छिन् ।
कोभिड महामारीका कारण लामो समयदेखि रोकिएको उक्त सलुन आजबाट संचालनमा आएको हो । हेयर ड्रेसिङमा ५० वर्ष लामो अनुभव रहेको उक्त सलुन विश्वभर प्रसिद्ध रहेको छ ।
टोनी एण्ड गाइ लन्डनबाट शुरु भएको ब्राण्ड हो र यसको विश्वभरि ४५० शाखाहरु रहेका छन् । टोनी एण्ड गाइले विश्वभरि नै समान प्रकारको सेवा दिँदै आएको छ भने यसले विशेष तालिम पनि प्रदान गर्ने गर्दछ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ