ज्योति विकास बैंकले सुरु गर्यो ‘स्क्यान एण्ड विथ ड्र’ सेवा
मङ्गलबार, १६ मङ्सिर २०७७, १७ : ०३
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ‘स्क्यान एण्ड विथ ड्र’ सेवा संचालनमा ल्याएको छ। सो सेवाअन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन्।
‘स्क्यान एण्ड विथ ड्र’ मार्फत काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ। बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ।
सो सेवा संचालनपश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटीएम कार्ड बोकिरहनुपर्ने छैन। आधुनिक बैंकिङ्ग प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा