शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तीन चौथाई कम्पनीको मूल्य घट्दा पनि कसरी बढ्यो सेयर बजार ?

मङ्गलबार, १६ मङ्सिर २०७७, १५ : ४५
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । बजारमा कारोबार भएकामध्ये ३ चौथाई कम्पनीको मूल्य घट्दा पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३.३५ अंकले बढेर २ हजारको बिन्दुलाई छोएको हो । मंगलबार परिसूचक २ हजार दशमलव ४० अंकमा बन्द भएको छ । जबकि शुक्रबार १ सय ७२ कम्पनीको कारोबार हुँदा १ सय २८ कम्पनीको सेयरमूल्य घटेको छ । ३७ वटा कम्पनीको शेयरमूल्य घट्दा बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर देखिएको छ ।

मंगलबार नेपाल पुनर्वीमा कम्पनी, नेपाल टेलिकम, अपर तामाकोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, साञ्जेन हाइड्रोपावर लगायत ठूलो बजारहिस्सा भएका कम्पनीहरुको मूल्य बढेका कारण १ सय २८ कम्पनीको गिरावटलाई ३७ कम्पनीको वृद्धिले जितेको हो । 

मंगलबार बजारमा ७ अर्ब ४० करोड ४१ लाखको कारोबार भएको छ । यो अघिल्ला दुई दिनको भन्दा कम होे । २ हजारको मनोवैज्ञानिक विन्दुलाई छोएको अवस्थामा नेपाल धितोपत्र बोर्डको विज्ञप्ति लगायत कारणले बजारलाई अर्को उच्च अंकमा पुग्न रोकेको हो । यद्यपि अघिल्लो दिन बन्द भएको परिसूचकभन्दा मंगलबारको परिसूचक ऐतिहासिक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप