बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा डाइनामिक टेक्नोसफ्ट सेवा शुरु

मङ्गलबार, १६ मङ्सिर २०७७, १५ : ४१
मङ्गलबार, १६ मङ्सिर २०७७

बुटवल । वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनी डाइनामिक टेक्नोसफ्टले लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तार गरेको छ । एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि सेवाहरुको साथै सफ्टवेयर विकास र वेभ सर्भिसेसहरु दिँदै आएको कम्पनीले प्रदेश नं. २ र बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशमा पनि आफनो शाखा विस्तार गरेको जनाएको छ ।

कम्प्युटर एशोसियन नेपाल (क्यान) महासंघका राष्ट्रिय अध्यक्ष नवराज कुँवरले शाखा विस्तार कार्यक्रमको उद्घाटन गर्दै बुटवलमा कम्पनीको शाखा विस्तार भएसगै आइटीको क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनले विज्ञान र प्रविधिको युगमा डाइनामिक टेकनोसफट प्रालिले नेपाललाई पनि प्रविधिमैत्री बनाउनमा सघाउ पुग्ने विश्वास व्यत गर्दे सयांै युवाहरुलाई रोजगारी दिने अवसरको सृजना गरेको बताए ।

कार्यक्रममा डाइनामिक टेकनोसफट प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक साहले नेपालको आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्रायका साथ निरन्तर काम गरिरहेको बताए । आगामी दिनमा अन्य प्रदेश तथा जिल्लाहरुमा पनि कम्पनीको शाखा विस्तार गरिने उनले बताए । कम्पनीले एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा सेवाहरूको साथै सफटवेयर विकास र वेभ सर्भिसेसहरु हामीले दिँदै आएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप