शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड अभिनेता चियानको घर बमले उडाउने धम्की

मङ्गलबार, १६ मङ्सिर २०७७, १५ : २७
मङ्गलबार, १६ मङ्सिर २०७७

मुम्बई । साउथ सुपरस्टार चियान विक्रमलाई घर बमले उठाउने धम्की मिलेको छ । सोमबार एक ब्यक्तिले उनलाई फोनबाट उक्त धम्की दिएका हुन् ।  धम्की आउने बितिकै विक्रमले उक्त कुराको जानकारी पुलिसलाई खबर दिएका थिए । खबर गर्ने बितिक्कै पुलिस कुकुर र बम डिस्पोजल टोलीसहित उनको घरमा पुगेको थियो ।

तत्कालै पुलिसले धम्की दिने ब्यक्तिको समेत खोजतलास समेत गरेको थियो । सो क्रममा विल्लुपुरम नामका एक ब्यक्तिले सो धम्की दिइको पत्ता लागेको छ । अन्य अनुसन्धान भइरहेको छ । विक्रम चेन्नाइको बेसेन्ट नगरमा बस्दै आएका छन् ।

 यसरी फोनबाट धम्की पाउने उनी पहिलो अभिनेता भने होइनन् । उनीभन्दा अगाडि फोनबाट यस्तै धम्की कलाकार विजय विजय, अजित, सुर्या, विजयकान्त र रजनीकान्तलाई पनि मिलेको थियो । कामको कुरा गर्ने हो भने चियान विक्रम पछिल्लो समय फिल्म ‘कदरम कोन्डन’ मा देखिएका थिए । अहिले भने उनी अजय ज्ञानमुथुको निर्देशन रहने फिल्म ‘कोबरा’ सुटिङको पर्खाइमा रहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप