बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी हुण्डार्ई ‘क्लिक टु बाई’: अब अनलाइनबाटै गाडी

मङ्गलबार, १६ मङ्सिर २०७७, १५ : २१
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एकमात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल (लक्ष्मी हुण्डाई) ले हाल कोविड–१९को असहज अवस्थालाई सहज बनाउन एक नौलो योजना ल्याएको छ । यस योजनामा ग्राहकहरुले सम्पर्कविहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीे खरिद गर्न सक्नेछन् ।

लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट ‘क्लिक टु बाई’ सेवाको सुरुवात गरेको छ । 

ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणालीमार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् । 

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै ‘क्लिक टु बाई’ पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।

यसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनमार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेकमार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्नेछन् । 

लक्ष्मी इन्टरकन्टिनेन्टलले, यदी ग्राहकहरुले हुण्डाई ‘क्लिक टु बाई’ प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा रु। १० हजारको सर्भिस भौचर प्रदान गर्नेछन् । ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस् ल्युब्रीकेन्टस्को खरिदमा प्रयोग गर्न सक्नेछन् । ग्राहकहरुलाई यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितीबाट १ वर्षसम्म रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप