शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’ : वामदेवले भने–१०० वर्ष बाँच्नुस्

मङ्गलबार, १६ मङ्सिर २०७७, १४ : ४०
मङ्गलबार, १६ मङ्सिर २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । जन्मदिनको लागि बालुवाटारमा विशेष केक मगाइएको थियो भने पौडेललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्डलगायतका सचिवालय सदस्यहरुले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए । 

यस्तै अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले गौतमलाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

नेकपाभित्र विवादले उग्र रुप लिएको बेला पौडेलको जन्मदिनको दिन रमाइलो माहोल भएको हो।  पौडेलको जन्मदिनको केट काटेपछि सचिवालय बैठक बसिरहेका छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप