शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बंगलादेश बैंकले घोषणा गर्‍यो लाभांश

मङ्गलबार, १६ मङ्सिर २०७७, १४ : २३
मङ्गलबार, १६ मङ्सिर २०७७

नेपाल बंगलादेश बैंक लिमिटेडले  ८.४२ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई सो लाभांश दिने भएको हो ।
 बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश सेयरधनीले पाउनेछन् । मंसिर १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप