निर्यात क्षेत्रलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी दृष्टिकोण तयार गर्दैछौंः अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्न लागेको बताएका छन् ।
निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अवको १ सय दिन भित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताए ।
अहिले अर्थतन्त्रको इन्जिनको रुपमा रेमिट्यान्स मात्र रहेको र कुनैपनि बेला रेमिट्यान्समा कमि आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने बताए । त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए । निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवद्र्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाई छ ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवद्र्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए । अहिले भन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमश घट्दै गएकोले पनि समस्या देखिएको बताए । त्यसैले महासंघले निर्यात पवद्र्धनका लागि नीतिगत सुधार गर्न सरकार समक्ष सक्रिय रुपमा माग राख्ने बताए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघको गरिमालाई तलमाथि गरेर उदाउदो निजी क्षेत्रको शिर झुकाउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन अगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा काम गर्ने उनीहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)