बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गलत जवाफ दिएपनि प्रियंकाले जितेकी थिइन् मिस वर्ल्डको ताज

मङ्गलबार, १६ मङ्सिर २०७७, १३ : ५९
मङ्गलबार, १६ मङ्सिर २०७७

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले मिस वर्ल्डको ताज जितेको २० वर्ष पुगेको छ । सन् २००० नोभेम्बर ३० का दिन उनले ताज लगाउन सफल भएकी थिइन् । मिस वर्ल्डको फाइनल राउण्डमा सोधिएको प्रश्नको गलत जवाफ दिएपनि उनले ताज लगाउन भने सफल भएकी थिइन् ।

प्रतियोगितामा उनलाई प्रश्न सोधिएको थियो – तपाईं कुन जीवित महिलालाई सफल मान्नुहुन्छ ? । उत्तरमा प्रियंकाले मदर टेरेसाको नाम लिएकी थिइन् । उनले भनेकी थिइन् ‘विश्वमा धेरै मानिस छन् । तर, म बढी प्रभावित मदर टेरेसाबाट छु । म उनलाई मनबाटै चाहन्छु । उनले भारतीयका लागि काम गरेकी थिइन् । उनले आफ्नो जिन्दगी अरुको सेवामा बिताएकी थिइन् ।’ प्रियंकालाई यो जवाफले मिस वर्ल्ड बनाएको थियो ।
तर, उनको जवाफका कारण मिडियामा भने हंगामा मच्चिएको थियो । किनभने उनले कार्यक्रममा बताएको मदर टेरेसाको निधन ५ सेप्टेम्बरमा १९९७ मा भैसकेको थियो । 

प्रियंकाको मदर टेरेसासँग अहिले पनि गहिरो नाता रहेको छ । २०१७ मा उनलाई ‘मदर टेरेसा मेमोरियल पुरस्कार’बाट पनि सम्मान गरिएको छ । सामाजिक काममा खास योगदान पुर्याएको कारण उनलाई यो सम्मान दिइएको थियो । 
उनको फिल्मी करियर 
मिस वर्ल्ड बनेपछि प्रियंकाले २००३को फिल्म ‘द हिरोः लव स्टोरी अफ अ स्पाई’बाट बलिउड यात्रा थालेकी थिइन् । फिल्ममा उनी दोस्रो लिड भूमिकामा थिइन् । फिल्ममा सन्नी देओल, प्रीती जिन्टा र अमरीश पुरी पनि रहेका थिए । यसै बर्ष उनी फिल्म ‘अन्दाज’मा अक्षय कुमारको अपोजिट भूमिकामा समेत देखा परिन् ।

२००४ मा उनको तीन फिल्म रिलिज भयो प्लान, किस्मत र असम्भव । तीनै फिल्म फ्लप साबित भयो । यसपछि उनले डेविड धवनको फिल्म ‘मुझसे शादी करोगी’ अभिनय गरिन् । यसमा सलमान खान र अक्षय कुमार उनको अपोजितमा रहेका थिए । फिल्म सुपरहिट साबित भयो । त्यसपछि उनले करियरमा पछि फर्किएर हेर्नु परेको छैन ।

‘मुझसे शादी करोगी’ पछि उनले करिब दुई दर्जन फिल्म गरिन् । सबै हिट भयो । आज प्रियंकाले अभिनयको कारणबाट बलिउडमा मात्र होइन हलिउडमा समेत नाम रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप