बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु

मङ्गलबार, १६ मङ्सिर २०७७, १२ : ३४
मङ्गलबार, १६ मङ्सिर २०७७

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका एक पुरुष र गुल्मीकी एक महिला रहेका छन् । 

 अस्पतलमा सुचना अधिकारी डा. विष्णु गौतमले दाङको तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको आज बिहान साढे ८ बजे कोरोना विशेष अस्पतालमा मृत्यु भएको जानकारी दिए । 

कोरोना संक्रमण पुष्टि भएपछि उनी दाङको बेलझुण्डी अस्पतालमा भर्ना भएका थिए । त्यहाँ आइसीयूको अभाव भएपछि सोमबार मात्र रिफर गरेर बुटवल ल्याइएको थियो । यहाँ उपचार गर्ने क्रममा मृत्यु भएको डा. गौतमले बताए । 
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाकी ५० वर्षीया महिलाको पनि गएराति नै मृत्यु भएको अस्पतलाले जनाएको छ । 

मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेनमा रहेकी उनलाई १५ गते सोमबार अस्पतालमा भर्ना गरिएको थियो । कोरोना अस्पतालको आइसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप