शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कोरोना संक्रमण दर के घटेकै हो ?

कोरोनाप्रतिको वेवास्ता डरलाग्दोसँग बढ्दो !
मङ्गलबार, १६ मङ्सिर २०७७, १२ : १२
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं—सरकारी तथ्याङ्कलाई केलाउँदा नेपालमा कोरोनाभाइरस कोभिड—१९ का संक्रमितको संख्या दैनिक रुपमा घट्दै गइरहेको छ । तर, पछिल्ला दिनहरुमा कोभिड—१९ कै कारण मृत्यु हुने र आइसियू, भेन्टिलेटरमा भर्ना हुनेको संख्या भने बढ्दै गएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार अघिल्लो महिनाको तुलनामा मंसिर महिनामा कोरोना संक्रमणको दर झन्डै १० प्रतिशतले घटेको छ । त्यसअनुसार, कार्तिक १३ गते संक्रमण दर २४.१९ प्रतिशत थियो भने मंसिर १३ संक्रमण दर १३.४ प्रतिशतमा झरेको छ । यता इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले नेपालमा कोरोनाभाइरस कोभिड—१९ समुदायस्तरमा फैलिएको देखाएको छ ।  प्रदेश २ र बाग्मती प्रदेशमा संक्रमण समुदायमा फैलिएको अध्ययनले देखाएकाले यस बारेमा अध्ययन गरेर रिर्पोट सार्वजनिक गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय  जुटेको छ । त्यसअनुसार हिजो काठमाडौंमा एकचरणको एन्टिजेन परीक्षण पनि गरिएको छ । काठमाडौं महानगरपालिकाको कोरोनासंक्रमण बढी देखिएका वडाहरु ४, ५, ७ र ९ मा गरिएको सो निःशुल्क एन्टिजेन परीक्षणमा सरकारले प्रति वडा ५०० जनाको परीक्षण गर्ने लक्ष्य राखेको थियो तर अपेक्षा गरेको तुलनामा निक्कै कम मात्रै मानिसहरु सहभागी भएका थिए ।

पछिल्लो समय वृद्धवृद्धा, दीर्घरोगी, बालकालिका र युवामा संक्रमण देखिन थालेको छ । तर, अचम्मको कुरा स्वास्थ्य मन्त्रालयले भने संक्रमण दर घट्दै गइरहेको तंथ्याङ सार्वजनिक गर्दै आएको छ । तर वास्तविक अवस्था त्योभन्दा फरक रहेको र अहिले परीक्षण दर घटेको कारण मात्रै संक्रमणको दर पनि घटेको जस्तो देखिएको जनस्वास्थ्यविज्ञहरुले बताउन थालेका छन् ।

पछिल्लो समय वृद्धवृद्धा, दीर्घरोगी, बालकालिका र युवामा संक्रमण देखिन थालेको छ । तर, अचम्मको कुरा स्वास्थ्य मन्त्रालयले भने संक्रमण दर घट्दै गइरहेको तंथ्याङ सार्वजनिक गर्दै आएको छ । तर वास्तविक अवस्था त्योभन्दा फरक रहेको र अहिले परीक्षण दर घटेको कारण मात्रै संक्रमणको दर पनि घटेको जस्तो देखिएको जनस्वास्थ्यविज्ञहरुले बताउन थालेका छन् ।

संक्रमण दर घटेको तंथ्याङ्क सार्वजनिक हुँदैमा विश्वास गरिहाल्न सकिने अवस्था नरहेको सरुवा रोग विशेषज्ञहरु पनि बताउँछन् । दसैं तिहारसँगै एक महिना यता स्वास्थ्य मन्त्रालयले नेपालमा संक्रमण दर घटेको तंथ्याङ सार्वजनिक गरिरहँदा सरुवारोग विशषज्ञ डा. शेरबहादुर पुन र डा. प्रभात अधिकारी चाहिँ हालको स्थितिमा संक्रमणले ६० वर्ष काटेका जेष्ठ नागरिकहरुको मृत्यु बढी हुने गरेको देखिएको तथा आइसियू, भेन्टिलेटर, अक्सिजनको आवश्यक पर्ने बिरामीको संख्या पनि बढ्दै गइरहेको बताउँछन् ।

आउनुहोस्, यसबारे उनीहरुको धारणा बुझौं ।

कन्ट्याक ट्रेसिङ सेलाएकोले संक्रमण दर घटेको हुन सक्छ

सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन

संक्रमणको आंशका गरेका व्यक्तिहरु पहिला जस्तो सक्रिय भएर परीक्षण गर्न आएको जस्तो लाग्दैन । परीक्षणको प्रक्रिया पहिलाको जस्तो भएको भए नेपालमा कोरोना संक्रमणको दर घट्यो वा बढ्यो भन्ने आधारहरु हुन्थ्यो होला । विगतमा दशौं हजारको कोरोना परीक्षण हुँदा मर्नेको संख्या र अहिले दशौं हजारको परीक्षण गर्दा मर्नेको संख्या हेरेर पनि  हामी सचेत हुन जुरुरी छ ।

पहिला कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आउनेहरुको सम्पर्कमा आएका व्यक्तिलाई कन्ट्याक टे«सिङमार्फत स्वाब संकलन गरिन्थ्यो । तर अहिले त्यो कार्य सेलाउँदै गएकाले पनि संक्रमणको दर घटेको हुन सक्छ ।

पछिल्लो समय कोरोना संक्रमण हुँदा देखिने लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिए पनि घरमै बस्नेको संख्या बढेको छ । लक्षण देखिएर गाह्रो भएछ भने अस्पताल जाउँला, नभए ठिकै छ भन्नेहरुको संख्या बढ्दो छ । लक्षण देखिए पनि परीक्षण शुल्क महंगो छ भनेर परीक्षण गर्न नआउने पनि हुन सक्छन् । कोरोना संक्रमण भइहाले पनि औषधि उपचार छैन भन्ने मानसिकता भएकाले पनि परीक्षण नगरिकन घरमै बस्नेहरु पनि छन् ।  नेपालमा साँच्चै संक्रमित दर घटेको हो भन्नका लागि परीक्षणको दायरालाई बढाउँदा नेगेटिभ रिर्पोट आउन थाल्यो भने बल्ल संक्रमण दर घट्यो भन्न सकिन्छ होला ।

संक्रमणको आंशका गरेका व्यक्तिहरु पहिला जस्तो सक्रिय भएर परीक्षण गर्न आएको जस्तो लाग्दैन । परीक्षणको प्रक्रिया पहिलाको जस्तो भएको भए नेपालमा कोरोना संक्रमणको दर घट्यो वा बढ्यो भन्ने आधारहरु हुन्थ्यो होला । विगतमा दशौं हजारको कोरोना परीक्षण हुँदा मर्नेको संख्या र अहिले दशौं हजारको परीक्षण गर्दा मर्नेको संख्या हेरेर पनि  हामी सचेत हुन जुरुरी छ । कन्ट्याक ट्रेसिङ सुस्ताउँदै गएपछि आफैँ परीक्षण गराउनका लागि कमै व्यक्ति मात्र आउँछन् ।   त्यसले गर्दा पनि पो संक्रमण दर घटेको देखिएको हो कि ?

वैदेशिक रोजगारीमा जानेहरुले अनिर्वाय पिसिआर गर्नुपर्छ । उनीहरुले बाध्यतावश पिसिआर गर्नुपर्ने भएकाले परीक्षण गर्ने संख्या बढाउन यसले पनि सहयोग गरेको छ । 

लक्षण देखिएर कतिले परीक्षण गरे, विदेश जानेले कतिले गरे, कोरोना संक्रमण भएपछि आइसोलेशनमा बसेका कतिले कति पटक परीक्षण गरे,  आशंकामा कतिले परीक्षण भन्ने कुरा हालसम्म छुटाइएको छैन् । त्यही भएर पनि संक्रमणको दर घट्यो वा बढ्यो भनेर ठोस रुपमा भन्न गाह्रो छ ।

अर्काे कुरा संक्रमणको गति अझै थाहा पाउँन सकिएको छैन । कोरोना संक्रमणको कारण ६० वर्षभन्दा माथिका व्यक्तिहरु मरिरहेकाले संक्रमण समुदायस्तरमा क्रमशः फैलने क्रममा छ भन्ने संकेत विगतबाट देखिँदै आएको छ ।

कोरोना परीक्षण जरुरी, रुघाखोकी लागेपनि आइसोलेट गर्नु उत्तम

सरुवारोग विशेषज्ञ डा. प्रभाव अधिकारी

अहिले जनमानसमा कोरोना परीक्षण नगराइकनै भाइरसलाई परास्त गर्न सकिन्छ भन्ने मनोविज्ञानको विकास भएको छ । यसले गर्दा कोरोना संक्रमितको वास्तविक पहिचान हुन नसक्दा संक्रमणको फैलावट बढ्ने स्थिति पैदा भएको छ ।

कोरोना संक्रमित घरघरमा बस्ने, परीक्षण नगर्ने प्रवृत्तिले गर्दा पनि संक्रमण दर कम देखिएको हो । मानौं, एउटा टोलमा १०० जना संक्रमित भएको आशंका गरिएको छ । तीमध्ये ५ जनाको मात्रै पिसिआर परीक्षण गरियो भने ५ जना मात्रै संक्रमित भेटिने भए । त्यसैले परीक्षण गर्नुपर्नेेले परीक्षण नगर्दा संक्रमण घट्ेको वा कोरोना संक्रमणले थलिन सुरु भएपछि अस्पताल पुगेर परीक्षणको गर्ने संख्या हो भनेर सरकारले प्रष्ट पार्नु राम्रो हुन्छ ।

साँच्चै कोरोना संक्रमणको दर घटेको भए त भेन्टिलेटर आईसियूमा भर्ना हुने र मृत्यु हुनेको संख्या घट्नु पर्‍यो । अब पनि संक्रमणको आशंका गरिएका स्थानहरुमा समुदायस्तरमा गएर परीक्षण गरेमा संक्रमण दर तिव्र गतिमा बढेको पाइने स्थिति छ ।

अर्को कुरा, मिडिया र स्वास्थ्यकर्मीहरुका कारण संक्रमण दर केही घटेको हो । खासगरी, मिडियाहरुमा यी लक्षण देखिएमा रुघाँखोकी, निमोनिया, इफुलुन्जा हो भनेर चिकित्सकहरुले भनिदिँदा धेरै मानिस कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखिए पनि कोरोना परीक्षण गर्न आवश्यक ठान्दैनन् ।

विगतमा अमेरिका लगाएतका केही देशले लक्षणका आधारमा कोभिड वा मौसमी प्mलु भनिदिँदा कोरोनाभाइरस संक्रमण नियन्त्रण बाहिर गएको हो । नेपालीहरुको मुख्य पर्व दसैं तिहारमा भएका जमघट र जनस्वास्थयका नियमहरुको राम्ररी पालना हुन नसक्दा कोरोना संक्रमण झन बढेको छ । अहिले चिसोका कारण सामान्य खालको रुघाखोकी लागेको हो भनेर घरमा बस्ने प्रवृत्ति पनि बढ्दो छ । यो स्थितिमा धेरै जेष्ठ नागरिकलाई स्वास्थ्य समस्या गम्भीर भएर अस्पताल आइपुग्दा कोरोनाको कारण आईसियू र भेन्टिलेटरमा भर्ना हुनेको संख्या बढ्दो छ ।

हामीले ख्याल गर्नैपर्ने कुरा के हो भने मौसमी फ्लु हुँदा र कोरोना संक्रमण हुँदा उस्तै खालका लक्षण देखिन्छन् । चिसो मौसममा पनि रुघाखोकी, शरीर दुख्ने, ज्वरो आउने, टाउको दुख्ने हुन्छ । कोरोना संक्रमण हुँदा पनि त्यस्तै लक्षण देखिन्छन् । त्यसैले कोरोना संक्रमणको सम्भावना भएका व्यक्तिहरुले त्यस्ता मिल्दाजुल्दा लक्षणहरु देखिएमा वास्तविकता थाहा पाउन पिसिआर गर्न जरुरी छ ।  तर अहिले जनमानसमा कोरोना परीक्षण नगराइकनै भाइरसलाई परास्त गर्न सकिन्छ भन्ने मनोविज्ञानको विकास भएको छ । यसले गर्दा कोरोना संक्रमितको वास्तविक पहिचान हुन नसक्दा संक्रमणको फैलावट बढ्ने स्थिति पैदा भएको छ ।

कोरोना संक्रमणको लक्षण देखिए पनि सामान्य मौसमी फ्लूको समस्या हो भन्ठाने घरमा बस्ने र रोगले गालेपछि अस्पताल आउने चलन पनि बढेको छ । बुझ्नुपर्ने कुरा चाहिँ के हो भने लक्षणको आधारमा कोरोना वा रुघाखोकी भनेर छुटायाउँन सकिदैंन । त्यसैले लक्षण देखिएको अवस्थामा परीक्षण गर्न पछि सर्नुु हुँदैन । परीक्षण गर्दा रिर्पोट नेगेटिभ आयो भने मन ढुक्क हुन्छ, आफूबाट अरुलाई संक्रमण सर्ने सम्भावना निर्मुल भएर जान्छ । घरमा दीर्घरोगी, वृद्धवृद्धा, बालबच्चाहरुमा संक्रमण छिटो सर्ने सम्भावना बढी हुन्छ । त्यसैले परिवारका कुनै सदस्यलाई कोरोना संक्रमण हुनु भनेको घरमा भएका दीर्घरोगीको जीवन र मरणको सवालको कुरा पनि हुन्छ । त्यसैले लक्षण देखिएको अवस्थामा परीक्षण गराउनु जरुरी हुन्छ । प्राप्त नतिजाको आधारमा आवश्यक सावधानी अपनाउने तथा रुघाखोकी नै भएको खण्डमा पनि सावधानी अपनाएर जाडोमा मौसममा लाग्ने अन्य रोगबाट जोगिन सकिन्छ ।

नेपालमा संक्रमण दर घट्यो भन्दैमा जोखिम घटिसकेको अवस्था होइन । त्यसैले कोरोना संक्रमणको लक्षण देखिएर पिसिआर परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आयो भने पनि रुघाखोकी लागेको खण्डमा वा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको अवस्थामा आफूलाई आइसोलेट गरेर बस्नुपर्छ । घरमा ४÷५ जना सदस्यलाई रुघाखोकी लाग्यो वा कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखापरे भने पनि कम्तीमा २ जनाले पिसिआर परीक्षण गर्नुस । दुई जनाले परीक्षण गर्दा घरमा कोरोनाको संक्रमण रहे–नरहेको थाहा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप