शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा १० हजार एचआईभी संक्रमित उपचारको पहुँच बाहिर, ३० जनालाई कोरोना पुष्टि

मङ्गलबार, १६ मङ्सिर २०७७, ११ : ५५
मङ्गलबार, १६ मङ्सिर २०७७

नेपालमा ३० जना एचआईभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित सबै उपचारपछि कोरोनामुक्त भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।  नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ ।

 अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ  भने १० हजार बढी संक्रमित उपचारको पहुँच बाहिर रहेको छन् । 
सन् १९८८ मा पहिलो पटक नेपालमा ४ जना यौनकर्मीमा देखिएको एचआइभी अहिले दिनमा दुईभन्दा बढीमा संक्रमण हुने गरेका छ । १ वर्षको अवधिमा ७ सय ३९ एचआइभी संक्रमितको मृत्युको छ । 

सरकारी सेवा बाहिर रहेका करिब १० हजार ९३ संक्रमित कहाँ छन् भन्ने कुरा सरकारलाई थाहा छैन । त्यसैले ती संक्रमितले समेत सो रोग फैलाउन सक्ने सरोकारवालाको भनाइ छ । 
 तंथ्याङ्कअनुुसार आर्थिक वर्ष ०७६/०७७ मा ७ सय ९० नयाँ संक्रमित पहिचान गरिएको थियो । दैनिक सरदर दुईभन्दा बढीको एचआइभी संक्रमणका कारण मृत्यु समेत हुने गरेको छ । 

  नेपालमा सन् २०१० को तुलनामा सन् २०१९ नयाँ संक्रमण ६४ प्रतिशतले घटेको भने ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको छ । 
सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ । सरकारले यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप