शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्थिक समस्यामा परेकी महिलाको नोबेलद्वारा निःशुल्क उपचार

मङ्गलबार, १६ मङ्सिर २०७७, ११ : ३२
मङ्गलबार, १६ मङ्सिर २०७७

संखुवासभाको तुम्लिङटारकी मुना तामाङ चार दिनदेखि बेहोस थिइन् । होस नखुलेपछि ऋण खोजेर उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्याईएकी उनको उपचार सुरु गर्दा गर्दै अलिअलि भएको पैसा सकियो । परीक्षणमा ‘ब्रेन ट्यूमर’ को समस्या पत्ता लागेर डाक्टरले तत्काल अप्रेशन गर्नुपर्ने बताए पनि पैसा रित्तिदा बेहोस अवस्थामै उनलाई घर फर्काउँनुपर्ने अवस्था आयो । ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आएका दिलिपले श्रीमतीको अप्रेशन खर्च जुटाउँने कुनै उपाय नभेट्दा मृत्युशैयामा पुगेकी मुनालाई बेहोस अवस्थामै घर फर्काउने तयारी गरे ।

 अप्रेशन गर्ने पैसा नभएकै कारण मृत्युको मुखमा पुगेकी तामाङको अन्ततः नोबेल अस्पतालमै जटिल अप्रेशन भएको छ । त्यो पनि निःशुल्क । पैसा अभावमा उपचार गर्न नसकेर मृत्युशैयामा पुगेको बिरामीलाई घर फर्काउन लागेको थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले मुनाको निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् । डिउटीमा रहेका स्वास्थ्यकर्मीबाट उपचार गर्ने पैसा नभएर बिरामी लैजान लागेको खबर पाएपछि डा.शर्मा बिरामीको अवस्था बुझ्न ईमर्जेन्सी कक्ष पुगेका थिए । 

उनले बिरामीको दयनीय अवस्था बुझेपछि सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाईदिएका हुन् । शल्यक्रिया सफल भएपछि अहिले मुनाको स्वास्थ्य अवस्था सामान्य छ । डा.शर्माको सहयोगका कारण आफु मृत्युको मुखबाट फर्किएको भन्दै मुनाले खुशी व्यक्त गरिन् । ‘गरिब परिवारको मान्छे, धेरै खर्च गरेर उपचार गर्न सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘पैसा नभएर उपचार गर्न नसक्दा बेहोस अवस्थामा त्यत्तिकै मर्न लागेकी रहेछु । धन्न मनकारी मान्छेको साथ मिल्नाले निःशुल्क उपचार पाएर ज्यान जोगियो ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप