बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुवै छिमेकी मुलुकबाट भएको भ्रमणमा के सन्देश दियो नेपालले ?

नेपालको कुटनीतिक कौशलबारे परराष्ट्र मामिलाका जानकार यसो भन्छन्
मङ्गलबार, १६ मङ्सिर २०७७, ०९ : २७
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । दुई छिमेकी मुलुक भारत र चीनका तर्फबाट हालै भएका नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध र वैश्विक कुटनीतिक ध्रुवीकरणमा कस्तो प्रभाव पार्ला भन्नेबारे टीकाटिप्पणी भइरहेको छ ।

कुटनीतिक मामिलाका ज्ञाताहरु अन्तर्राष्ट्रियस्तरमा चीनको पक्ष र विपक्षमा भइरहेको घेराबन्दी वा ध्रुवीकरण मत्थर हुँदै जाने संकेत देखिएकै समयमा चीन र भारतबाट नेपालमा भएका कुटनीतिक र सैन्य तहका भ्रमणले भू–राजनीतिक महत्वलाई अझ बढाएको चर्चा गर्दछन् । भारतीय पक्षबाट भएको भ्रमणले केही समय यता देखिएको संवादहीनतालाई अन्त्य गरेको र चिनियाँ पक्षबाट भएको भ्रमणबाट केही समय यताको अविश्वासलाई घटाउन मद्दत गरेको उनीहरुको बुझाइ छ ।

यी भ्रमणमा नेपालको प्रस्तुति कस्तो रह्यो र दुवै मुलुकलाई नेपालले के सन्देश दियो भन्नेबारे प्रस्ट नभए पनि परम्परादेखि निरन्तर अपनाइदैँ आएको असंलग्न परराष्ट्र नीतिमै नेपालले आफ्नो प्रतिबद्धता दोहो¥याएको हुनुपर्ने उनीहरुको भनाइ छ ।

यस्तो अवस्थामा भारत र चीनबाट नेपालमा भ्रमणको शृङ्खलाले निरन्तरता पाउनुलाई हामीले सुखद् अवसरका रुपमा लिनुपर्ने उनले बताए । आपसमा तिक्ततापूर्ण सम्बन्ध रहेका भारत र चीनले नेपाललाई आफ्नो सुरक्षा मामिलाका दृष्टिले निकै महत्वका साथ हेर्नु स्वाभाविक भएको र नेपालले पनि दुवै मुलुकलाई सन्तुलित रुपमा व्यवहार गर्दै असंलग्न परराष्ट्र नीतिप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राखेर देश र नेपाली जनताको हितमा फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ ।

चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्की नेपालका दुई छिमेकी मुलुक भारत र चीनबाट भएको भ्रमणको लेबल र निरन्तरताले नेपालको ‘जिओ पोलिटिकल’ र ‘जिओ स्ट्राटेजिक’ महत्वलाई अझ उजागर गरेको बताउँछन् । ‘नेपालमाथि बद्लिदो विश्व परिवेशका दबाब पनि होलान्,’ उनले भने, ‘उनीहरुको आफ्नो चासोलाई नेपाल भित्र्याउने कोसिस पनि होला ।’

विश्व राजनीतिका आयामहरुलाई प्रस्ट पार्दै उनले हाम्रो छिमेकी चीनसँग अमेरिकाको ‘कोल्ड वार’ चलिरहेको र एक/डेढ वर्षदेखि ‘ट्रेड वार’ पनि जारी रहेको उल्लेख गरे । चीन–अमेरिकाबीच आएको तिक्तता अहिले विश्वको मुख्य परिघटना भएको उनको बुझाइ छ । पछिल्लो कालखण्ड, खासगरी अमेरिकी राष्ट्रपतीय निर्वाचन परिणामपछि चीन–अमेरिका सम्बन्ध सुधार हुने संकेत देखिएको उनले बताए ।

यस्तै, भारत र अमेरिकाबीच लामो समयदेखि आर्थिक सम्बन्ध सुधार गर्दै ९४ बिलियन डलरसम्मको व्यापार हुने गरेको जिकिर गर्दै उनले भारत र अमेरिकाबीच रणनीतिक गठबन्धन बढेपछि भारत–चीन सम्बन्ध चिसिएको चर्चासमेत गरे ।

यस्तो अवस्थामा भारत र चीनबाट नेपालमा भ्रमणको शृङ्खलाले निरन्तरता पाउनुलाई हामीले सुखद् अवसरका रुपमा लिनुपर्ने उनले बताए । आपसमा तिक्ततापूर्ण सम्बन्ध रहेका भारत र चीनले नेपाललाई आफ्नो सुरक्षा मामिलाका दृष्टिले निकै महत्वका साथ हेर्नु स्वाभाविक भएको र नेपालले पनि दुवै मुलुकलाई सन्तुलित रुपमा व्यवहार गर्दै असंलग्न परराष्ट्र नीतिप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राखेर देश र नेपाली जनताको हितमा फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ ।

भारतीय विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको हालैको नेपाल भ्रमणमा नेपालले आफ्नो परराष्ट्र नीतिअनुरुप दुवै छिमेकी मुलुकमात्र होइन, आफ्नो भूभाग कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने र असंलग्न नीतिलाई कुनै पनि हालतमा तलमाथि हुन नदिने प्रतिबद्धता जनाएको हुनुपर्ने उनले बताए ।

‘दुवै छिमेकीलाई आन्तरिक सुरक्षाका दृष्टिले नेपालप्रति चासो छ, कसैको पुच्छर बनेर हामी आफ्ना छिमेकीविरुद्ध आफ्नो भूभाग प्रयोग हुन दिनेछैनौँ भनेर विश्वस्त तुल्याउने मात्र होइन, दुवै मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वसनीय वातावरण हामीले मिलाउनुपर्छ ।’

‘चीन–भारत सम्बन्ध चिसो बनिरहँदा दुवै मुलुकको बीचमा रहेको नेपालमा त्यसका प्रभाव भित्र्याउन, आफ्ना प्रभाव सजिलो बनाउन, नेपाललाई आफ्नो अहित नहुनेगरी कसरी राख्ने भन्ने सवालमा उनीहरु (भारत–चीन’मा दबाब छ,’ उनले भने, ‘त्यसैले पनि रअ प्रमुख, भारतीय सेना प्रमुख, विदेशसचिवको भ्रमण भयो । भारतका तर्फबाट नेपालमा के भइरहेको छ भनेर पनि अहिले चीनको तर्फबाट भ्रमण भएको हुनुपर्छ ।’

नेपाल अहिले जुन अवस्थामा छ, त्यही अवस्थामा रहेस्, एक चीन नीति र नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने परम्परादेखिको प्रतिवद्धतामा कायम रहोस् भन्ने नै चिनियाँ चासो रहेको आफूले बुझेको उनले बताए । ‘चीन र भारतका सम्बन्धमा मात्र होइन, वैश्विक ध्रुवीकरणमा पनि नेपालले अपनाउनुपर्ने नीति भनेकै तटस्थ र असंलग्ताका आधारमा रहनु पर्छ,’ उनले भने, ‘त्यतातिर नै हाम्रा वाणी, व्यवहार केन्द्रित हुनुपर्छ ।’

केही वर्ष यता नेपालमा अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको उनले बताए । उदाहरणसहित प्रस्ट्याउँदै उनले भने, ‘एमसीसीका बारेमा राज्यले जति चासोका साथ तत्परता देखाइरहेको छ, त्यस हिसाबले चीनसँगका त्यही हिसाबका सम्झौतामा चासो देखाएको देखिदैँन, चीनसँगका त्यही हैसियतका सम्झौता, आफैले गरेका कतिपय सहमति कार्यान्वयन गर्नेतिर नेपाल र चिनियाँ पक्षले प्रतिबद्धता दोहो¥याउने कुराले नै यहाँ दबाब कतातिरबाट छ भन्ने देखिन्छ ।’

नेपाल–चीन सम्झौता तथा सहमतिहरु लामो समयदेखि कार्यान्वयन हुन नसकेको अवस्थामा चिनियाँ पक्षको भ्रमणले ती सम्झौता तथा सहमति कार्यान्वयन गर्न दुवै पक्षले प्रतिबद्धता जनाएर आपसमा रहेको अविश्वासलाई घटाएको हुनुपर्ने उनले बताए ।

कुटनीतिक मामिलाका जानकार एवं पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ पनि दुवै छिमेकी मुलुकबाट भएका हालैका भ्रमणमा नेपालले आफ्नो विचार, दृष्टिकोण र प्रतिबद्धतालाई दोहो¥याएर विश्वासको वातावरण बनाउन सफल भएको ठान्छन् ।

यस अतिरिक्त कोरोना महामारीका कारण स्थगित सैन्य सहयोग पुनः चालु हुने अवस्था यो भ्रमणले निम्त्याएको उनले बताए । ‘चीनसँगको संयुक्त सैन्य अभ्यास, तालिम सबै चालु हुने भयो,’ उनले भने, ‘उनीहरु नआइदिएको भए भारत र पश्चिमी प्रभाव क्षेत्र हुन्थ्यो नेपाल । चिनियाँ पक्षबाट भएको भ्रमणलाई यसअर्थ पनि हामीले उपलब्धिपूर्ण मान्नुपर्छ । चीनले नेपालको स्थिरता, विकासका निम्ति गर्दै आएको सहयोग र समर्थन जारी छ भन्ने सन्देश हो यो ।’

चिनियाँ रक्षामन्त्रीको भ्रमणले कोरोनाविरुद्धको सहयोगमा डिप्लोमेसीसमेत जोडिएको उनले बताए । नेपालका अतिरिक्त बंगलादेश, श्रीलंकाको भ्रमणमा पनि चिनियाँ रक्षामन्त्री जाने भएकाले चीनको चासो नेपालमा मात्र नभई दक्षिण एसियामै बढेको छ भन्ने कुरा देखिएको श्रेष्ठ बताउँछन् । उनले भने, ‘हैकमवादी र क्षेत्रीय प्रभुत्ववादी होइन, समानताको आधारमा परस्पर सम्मान गरेर अगाडि बढ्ने दिशामा चीन देखिएको छ ।’

नेपालले पनि आफ्नो भूमि दुवै छिमेकी मुलुकविरुद्ध प्रयोग हुन दिँदैनौँ भन्ने प्रतिबद्धतालाई दोहो-याएको उनले बताए । ‘फ्रि तिब्बत अभियानलाई उचाल्ने र विखण्डन गराउने कुनै पनि गतिविधिमा हामी आफ्नो भूमि प्रयोग हुन दिँदैनौँ भनेर चीनलाई विश्वस्त तुल्याउन यो भ्रमण सार्थक रह्यो भन्ने लाग्छ,’ उनले भने, ‘दुवै छिमेकीलाई आन्तरिक सुरक्षाका दृष्टिले नेपालप्रति चासो छ, कसैको पुच्छर बनेर हामी आफ्ना छिमेकीविरुद्ध आफ्नो भूभाग प्रयोग हुन दिनेछैनौँ भनेर विश्वस्त तुल्याउने मात्र होइन, दुवै मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वसनीय वातावरण हामीले मिलाउनुपर्छ ।’

भारत र चीनका पक्षबाट हालै भएका यी भ्रमणमा नेपालले आफ्नो दृष्टिकोण प्रस्टसँग राखेको छ भन्ने आफ्नो बुझाइ रहेको श्रेष्ठले बताए । ‘सीमाना जोडिएको देशसँगको घनिष्ठताको निरन्तरता हो,’ उनले भने, ‘कुटनीतिक सम्बन्धको अभिन्न अंग सैन्य कुटनीति पनि हो, दुवै छिमेकी मुलुकसँग समानरुपमा हाम्रो सैन्य कुटनीति पनि अघि बढिरहेको छ भन्ने कुरालाई एक÷डेढ महिना यता छिमेकी मुलुकका प्रतिनिधिले नेपाल भ्रमणमा देखाएको चासोले पुष्टि गरेको छ ।’

नेपाल र नेपाली जनता दुवै छिमेकीसँग समनिकटता, सन्तुलित सम्बन्ध चाहन्छन् भन्ने सन्देश हामीले दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप