बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् श्वेता अग्रवाल, जोसँग विवाह गर्दैछन् आदित्य नारायण

मङ्गलबार, १६ मङ्सिर २०७७, ०७ : १४
मङ्गलबार, १६ मङ्सिर २०७७

कार्यक्रम उद्घोषक तथा गायक आदित्य नारायण आफ्नो विवाहको विषयमा चर्चामा आएका छन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनममा बाँधिनेछन् । श्वेतासँग आदित्य निकै लामो समयदेखि सम्बन्धमा थिए । आउनुहोस्, श्वेता अग्रवाल को हुन्, यसबारे जानकारी लिऔं ।

श्वेता अग्रवाल नायिका हुन् । श्वेताले आफ्नो करियर टिभी शो जस्तै बाबुल की दुआएं लेती जा (२०००), शगुन (२००१) र देखो मगर प्यार से (२००४) मा देखिइसकेकी छिन् ।

उनले स्टार प्लसको शो शगुनमा आरतीको भूमिका निभाएकी थिइन् । उनले फिल्ममा पनि अभिनय गरेकी छिन् । उनले प्रभास स्टारर फिल्म राघवेन्द्र (२००३) बाट डेब्यू गरिन् ।

उनी शर्ट फिल्म सुन साहिबा सुन (२००४) मा देखिएकी थिइन् । यसमा उपेन पटेल मुख्य भूमिकामा थिए ।

श्वेता टर्किस फिल्म मिरास (२००८) को पनि हिस्सा रहिन् । श्वेताले तंदूरी लव, शापितजस्ता फिल्ममा काम गरेकी छिन् । तंदुरी लभमा पाँच भाषा हिन्दी, अंग्रेजी, स्विस–जर्मन, जर्मन र फ्रेन्चमा रिलिज भयो ।

यसबाहेक उनी फिल्म शापितमा देखिएकी थिइन् । शापितमा आदित्य नारायणको अपोजिट श्वेताको भूमिका थियो । शापित आदित्य नारायणको मुख्य नायकको रुपमा पहिलो फिल्म थियो । यो फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका थिए ।

आदित्य र श्वेताको विवाह आज अर्थात् १ डिसेम्बर, २०२० मा हुँदैछ । कोरोनाका कारण यो विवाहलाई नीजि राखिएको छ । विवाह मन्दिरमा ५० व्यक्तिको उपस्थिती रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप