अब बीस मिनेटमै कोरोना परीक्षण !
काठमाडौँ । सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ ।
डा. पाण्डेका अनुसार काठमाडौँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २० देखि २५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा. पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिन्छ भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै