शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा मार्चपछि पहिलो पटक विदेशी विद्यार्थी पुगे

सोमबार, १५ मङ्सिर २०७७, २१ : ५७
सोमबार, १५ मङ्सिर २०७७

कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरिएकोमा सोमबार त्यहाँ एकजना विदेशी विद्यार्थी गएका छन् । कोरोना भाइरसका कारण विदेशी नागरिकलाई प्रवेश निषेध गरिएपछि अष्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी जाने गरेकोमा सो क्रम पनि रोकिएको थियो । 

अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त भएको समाचारमा सोमबार यहाँ मार्च महिनापछि पहिलो पटक एकजना विदेशी विद्यार्थी पुगेका बताइएको छ । 

अष्ट्रेलियामा यसरी विदेशी विद्यार्थीहरु अध्ययनका लागि पनि जान नपाएपछि यहाँको अरबौँ डलर बराबरको ठूलो धनराशी आय पनि रोकिएको बताइएको छ । 
अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा त्यहाँको विश्वविद्यालयले आफ्ना विदेशी विद्यार्थीलाई जहाज चार्टर गरेर लगेको थियो । यस कार्यक्रमलाई सो विश्वविद्यालयले परीक्षणको रुपमा अथवा आफ्ना विदेशी विद्यार्थीलाई ल्याउने शुरुको आयोजनाको रुपमा कार्यक्रमको शुरुआत गरेको बताइएको छ । 

सो विश्वविद्यालयले गरेको चार्टर जहाजमा आफ्ना ६३ जना विद्यार्थी भएको बताइएको छ । चीन, जापान, भियतनाम, इन्डोनेसिया र हङकङबाट ती विद्यार्थी लगिएको थियो । 
ती देशका विद्यार्थीहरु सो चार्टर विमान चढ्नका लागि सिंगापुर पुगेका थिए । सिंगापुरबाट सो विश्वविद्यालयले जहाज चार्टर गरेको थियो । ती विद्यार्थीलाई अब अष्ट्रेलियामा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ । 

अष्ट्रेलियाले विदेशी उडानहरुलाई अहिले पनि अनुमति दिएको छैन । त्यसैले सो विश्वविद्यालयले विमान चार्टर गरेर आफ्ना विद्यार्थी लगेको बताएको छ । 
यहाँका विश्वविद्यालयहरुले देशमा उडान प्रतिबन्ध लगाइएकोले विदेशी विद्यार्थी आउन नपाएको भन्दै यसले समस्या बनाएको बताएका छन् । अष्ट्रेलियामा कोरोनाको प्रकोपका डरले गर्दा उडानहरु पनि रोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप