महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित
सोमबार, १५ मङ्सिर २०७७, २१ : ३९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
सोमबार भएको कोषाध्यक्षको निर्वाचनमा ७२ मत मध्येमा ७१ मत खसेको थियो । त्यसमा शेखर गोल्छा समूहका हिराचनले ४० मत ल्याउँदै कोषाध्यक्षमा जित हात पारेका हुन् भने चन्द्र ढकाल समूहका डिबी बस्नेतले ३१ मत ल्याएका थिए ।
महासंघका अध्यक्ष गोल्छा र वरिष्ठ उपाध्यक्ष ढकाल पक्षबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रियाबाट कोषाध्यक्ष चयन गरिएको थियो ।
महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी सदस्यले कोषाध्यक्षको चयन गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त