शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जो बाइडेनले बजेट प्रमुखमा भारतीय मुलकी निरा टन्डनलाई नियुक्त गर्ने

सोमबार, १५ मङ्सिर २०७७, २१ : ३८
सोमबार, १५ मङ्सिर २०७७

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्न लागेको बताइएको छ । 

अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा उनलाई नियुक्त गरेर बजेट तर्फको जिम्मेवारी दिने सम्भावना रहेको समाचारमा जनाइएको छ । 
 
न्युयोर्क टाईम्सले लेखेको समाचारका अनुसार उनलाई अमेरिकामा विकासका बारेमा अनुभवी व्यक्तिका रुपमा चिनिने गरिन्छ ।
 
बाइडेनले अर्थसम्वन्धी आफ्नो समूहका अन्य व्यक्तिहरुको पनि सूची बनाएको र त्यसलाई अन्तिम रूप दिएर घोषणा गर्न लागेको जनाइएको छ । 

उनले नियुक्त गर्ने मुख्य मुख्य पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिएको देखिएको छ । अर्थबाहेक अन्य दर्जनौ सल्लाहकार तथा सहयोगी समुहहरुमा पनि उनले महिलाहरुलाई प्राथमिकता दिएका छन् । 

बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरुमा पनि सबै जना महिला हुने घोषणा गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप