शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इयूद्वारा प्यालेस्टिनी अस्पताललाई एक करोड डलर दिने घोषणा

सोमबार, १५ मङ्सिर २०७७, २१ : ३१
सोमबार, १५ मङ्सिर २०७७

यूरोपेली संघ (इयू) ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा भनिएको छ, “कोरोनाभाइरस कारण प्यालेस्टिनी स्वास्थ्य क्षेत्रको समस्याबीचमा ईयूले ठूलो सहयोग दिने भएको छ ।” 

“पूर्वी जेरूसलमका प्यालेस्टिनी  अस्पतालहरूले पश्चिमी किनार, पूर्वी जेरूसलम र गाजा पट्टीका हजारौं प्यालेस्टाइनलाई आधुनिक तथा उत्कृष्ठ स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सहयोग राशिको घोषणा गरिएको हो । 

इयूका अधिकारी बर्जस्क्रफले भने, “कोभिड–१९ सङ्क्रमण महामारीको बीचमा भएको यस योगदानले अस्पताललाई प्यालेष्टिनी जनताका लागि आफ्नो सेवाहरू सञ्चालन गर्न सहयोग गर्ने विश्वास इयूले गरेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप