घुस लिएको अभियोगमा दुई जना प्रहरीविरुद्ध मुद्दा
सोमबार, १५ मङ्सिर २०७७, २० : ३५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र प्रहरी हबल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको काठ चिरान गर्न लैजाने प्रयोजनका लागि सेवाग्राहीसँग रु १३ हजार घुस लिएको आरोप लागेको छ ।
आयोगले बिगोअनुसारको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी