बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा फुटे देश बर्बाद हुन्छ : सांसद प्याकुरेल

सोमबार, १५ मङ्सिर २०७७, २० : ०७
सोमबार, १५ मङ्सिर २०७७

जनकपुर । राष्ट्रियसभा संसाद सुमन प्याकुरेलले नेकपा फुटे मुलुक नै बर्बाद हुने ठोकुवा गरेका छन् । सोमबार जनकपुरमा यूवा विद्यार्थीहरुलाई पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा प्रदेश नम्बर २ का सचिव समेत रहेका राष्ट्रिय सभासदस्य प्याकुरेलले नेकपा भित्र बढ्दै गएको द्वन्द्व तत्काल समाधान नभए देशको सम्पूर्ण व्यवस्था नै ध्वस्त हुने र कुनैपनि ताकतले थेग्ने नसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने– नेकपा भित्रमा देखिएको द्वन्द्व यसरी नै यथास्थितीमा रहने हो भने नेकपा नै  सिद्धिने छ भने यसको परिणाम देश र देशवासीले बेहोर्नुपर्ने भएकोले पार्टी एकता नै देश, जनताको हितमा छ ।

उनले नेकपा फुट्नु देशकै लागि अनिष्ट हुने बताए । उनले भने– ‘कयाँै आन्दोलन तथा बलिदानीबाट ल्याइएको व्यवस्था पार्टी भित्रको विवाद र पार्टी फूटको संघारमा पुग्दा व्यवस्था नै फेरिने खतरा छ। ’, उनले अघि थप्दै भने –‘सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा पार्टी भित्रको द्वन्द्वका कारण विभिन्न शक्तिहरु चलखेल गर्ने मौका पाएको छ ।’

तत्काल द्वन्द्व समाप्त नभए संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समेत गम्भिर असर पर्न सक्ने बताए । उनले पार्टी भित्रको द्वन्द्व समाप्त भएसंगै देशमा उब्जिरहेको समस्या आफै समाप्त भएर जाने दावी गरे । दुई अध्यक्ष विचको वैचारिक द्वन्द्वलाई विवादको संज्ञा नदिन उनले आग्रह समेत गरे ।

उनले अहिलेको अवस्थामा कुनै पनि पार्टी भित्र विग्रह भएमा मुलुकले त्यसको क्षती व्यहोर्नु पर्ने भएकोले कुनै पनि पार्टी भित्रको असन्तुष्टीहरु सडकमा नेकपा जसरी पोखिनु हुदैन र सकभर मिलाएर अघि बढ्नु नै देशको हितमा हुने बताए ।

नेकपामा युवाहरुको प्रवेश

यता जनकपुर युवा विकास समितीका संयोजक रोशन मण्डलको नेतृत्वमा सयौँ युवाहरु पार्टीमा प्रवेश गरेका छन् । रोशन मण्डलको नेतृत्वमा करिब २ सय ५० जना नेकपामा प्रवेस गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीमा कुस यादव, चन्दन साह, रामसंकर यादव लगायत २ सय ५० जना युवाहरु पार्टीमा गरेका छन् । ती युवाहरुलाई अबिर फुलमाला लगाई नेता प्याकुरेलले स्वागत गर्दै प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य संजिव झा सुरज, बाल संगठनका उपाध्यक्ष आनन्द झा, अनेरास्ववियू धनुषाका जिल्ला अध्यक्ष आरपी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप