बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लिभोन ‘सिल्की हेयर एण्ड स्मूथ राइड’को तेस्रो भाग्यशाली विजेता पोखराकी अक्साले जितिन् यामाहा फेसिनो १२५

सोमबार, १५ मङ्सिर २०७७, १८ : ४८
सोमबार, १५ मङ्सिर २०७७

पोखरा । लिभोन नेपालले भाटभटेनीसँगको सहकार्यमा संचालन गरेको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजनाका तेस्रो भाग्यशाली बनेकी छिन् पोखराकी अक्सा गुरुङ । गुरुङले यामाहा फेसिनो १२५ स्कुटर उपहार प्राप्त गर्न सफल भएकी छिन् ।

पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा संचालन गरिएको भाग्यशाली विजेता छनौट कार्यक्रममा उपस्थित दर्शक, ग्राहक तथा पत्रकारहरुमाझ मिस नेपाल अर्थ २०१९ रिया बस्नेतले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् । 

जुन योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने ग्राहकहरुलाई भाग्यशाली कुपन प्रदान गर्ने गरिएको छ । उक्त कुपनबाट एकजना भाग्यशाली उपभोक्तालाई प्रत्येक महिना यामाहा फेसिनो १२५ स्कुटर उपहार प्रदान गरिंदै आएको छ र यस योजनाबाट हालसम्म २ जना भाग्यशाली विजेताले उक्त स्कुटर उपहार जितिसकेका छन् । 

लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो, ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकांक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेनरहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

मेरिकोको एक स्थापित ब्राण्ड लिभोन केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल ब्राण्ड हो र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ ।

लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरमका साथ अत्यन्त सुलभ मूल्यमा उपलब्ध छन् ।


 
 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप